दुर्गम क्षेत्रमा झोलुङ्गे पुल बन्ने भएपछि स्थानीयवासी खुसी
दुर्गम क्षेत्र मानिएको पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिका–१ सिराडी र चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ हाडाकोट जोड्ने ‘भोलुङ्गे पुल’ निर्माण हुने भएपछि स्थानीयवासीमा खुशी भएका छन् ।
वर्षौंदेखि रामाघाट खोलामा पुल नहुँदा तीन घण्टा लामो यात्रा गर्नुपर्ने बाध्यता भोग्दै आएका स्थानीयवासी पुल बन्ने भएपछि खुशी भएका हुन् ।
यो ठाउँमा पुल नहुँदा यहाँभन्दा पहिले केही मान्छेलाई खोलाले समेत बगाएको छ । सामान्य कामका लागि पनि खोला तर्नुपर्ने भएकाले बर्सातको समयमा खोला उर्लिएपछि वारपार गर्न निकै समस्या हुने गरेको स्थानीयवासी मेगे भण्डारीले बताए ।
अब खोलामा ८० मिटर लामो पुल बन्ने भएपछि दुई स्थानीय तहका सयौँ नागरिक लाभान्वित हुने पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष दीपक बुढाले बताए ।
चालू आव कर्णाली प्रदेश सरकारले यहाँ पुल निर्माणका लागि रु ३५ लाख २२ हजार ९०८ बजेट पठाएको छ ।
केही सयमपहिलेदेखि पुल निर्माणको काम शुरु भइसकेको अध्यक्ष बुढाले बताउनुभयो । पुल निर्माण शुरु भएपछि २० जनाले प्रत्यक्षरुपमा रोजगारी पाएका छन्”, उनले भने, “अब वैशाख महिनादेखि पुल सञ्चालनमा आइसक्ने गरी काम थालनी गरिएको छ । करीब रु १८ लाख बराबरको सामग्रीहरु ढुवानी भइसकेको छ”, अध्यक्ष बुढाले भने, “पुलका लागि आवश्यक पर्ने लट्ठा ढुवानी केही दिनमै हुने छ ।
स्थानीयवासी अर्जुन शाहीले पुल निर्माण भएपछि ठाटीकाँधबजार जान पहिलेभन्दा अब तीन घण्टा छोटो बाटो हिँड्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण