कोरोनाकाे त्रास : इरानमा ७० हजार कैदी छाडिए
कोरोनाको संक्रमण बढ्दै जाँदा इरानमा ७० हजार कैदीहरुलाई छाडिएका छन् । ती कैदीहरुलाई अस्थायी रुपमा मात्रै छाडिएका हुन् ।
अहिले इरानमा कोरोनाभाइरस संक्रमणका कारण ४३ जनाको मृत्यु भइसकेको छ भने ७ हजार १ सय ६१ जनामा संक्रमण देखापरिसकेको छ । त्यसो त संक्रमितमध्ये २ हजार ३ सय ९४ जना निको पनि भइसकेका छन् ।
उता इटालीको उत्तरी क्षेत्रमा पर्ने लोम्बार्डी र अन्य भागहरुमा गरेर १ करोड ६० लाख मानिसहरुलाई क्वारेन्टाइनमा राखिएको छ । अहिलेसम्म इटालीमा ३६६ जनाको मृत्यु भइसकेको छ भने देशभरिमा ७ हजार ३ सय ७५ जना मानिसहरुलाई यसको संक्रमणले गाँजेको पुष्टि भइसकेको छ । तीमध्ये ६२२ जना चाहिँ निको भइसकेका पनि छन् ।
उता चीन र कोरियामा भने यो भाइरसको संक्रमण घट्दै गइरहेको तथ्यांकहरुले देखाएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार, अहिलेसम्म संसारभरिमा कोरोनाभाइरस संक्रमणका कारण ३८ सय मानिसहरुको मृत्यु भइसकेको छ भने १ लाख १० हजार जना जतिलाई संक्रमणको शिकार बनिसकेका छन् ।
Title Photo: https://www.aljazeera.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण