चीनका कोरोनाभाइरस संक्रमितमध्ये ७० प्रतिशत निको भएर घर फर्किए : विश्व स्वास्थ्य संगठन
मङ्गलबार, २७ फागुन २०७६, १२ : १६
एजेन्सी । विश्व स्वास्थ्य संगठनका अनुसार चीनमा कोरोनाभाइरसबाट संक्रमित भएका ८० हजार विरामीमध्ये ७० प्रतिशतभन्दा बढी निको भएर घर फर्किएका छन् ।
विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससका अनुसार अत्यधिक कोरोनाभाइरस प्रभावित देशमध्ये चीन अहिले प्रकोप नियन्त्रणको मार्गमा अघि बढिरहेको छ ।
टेड्रोसले निर्णायक र शिघ्र कदमबाट कोरोनाभाइरसको संक्रमण घट्ने बताए ।
‘जुन देशले कोरोनाभाइरसका नयाँ संक्रमितको पहिचान गर्न र तिनको सम्पर्कमा आएका व्यक्तिको पहिल्याए प्रयास गरेका छन् तिनले विश्वलाई नै योगदान पु¥याउनेछन्,’ टेड्रोसले भने ।
उनले विश्वका सबै देशलाई वृहद समन्वयातत्मक रणनीतिमार्फत प्रकोप नियन्त्रणको प्रयास थाल्न आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण