बालाजु एसिड आक्रमण प्रकरणः आफै बोत्तल खसेर श्रीमान्को मुखमा पर्न गएको दावी
काठमाडौँ । काठमाडौँको बालाजुमा सुतिरहेको समयमा एक युवकमाथि तेजाव आक्रमण भएको छ । नुवाकोट घर भई बालाजु बस्ने २७ वर्षीय रामराजा थापामाथि तेजाब आक्रमण भएको हो । महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी रन्जितसिंह राठौरले सुतिरहेको अवस्थामै थापामाथि तेजाब आक्रमण भएको पुष्टि गरे । तेजाब थापाको अनुहार र हातमा परेको डीएसपी राठौरले बताए ।
तेजाब आक्रमण गरेको आशंकामा प्रहरीले उनकी श्रीमती प्रतिमालाई पक्राउ गरेको छ । प्रतिमाले झ्यालमा एसिड राखिएको र आफै बोत्तल खसेर मुखमा पर्न गएको प्रहरीसमक्ष बयान दिएकी छन् । उनीहरुबीच ६ वर्षअघि विवाह भएको थियो । राजाराम र प्रतिमाका तीन महिनाका एक सन्तान पनि छन् । पारिवारिक विवादका कारण तेजाब आक्रमण भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
एक हप्ताअघि मनमैजुबाट डेरा सरेर आएका उनीहरु चारैतिर कम्पाउन्डले घेरिएको नयाँ घरको दोस्रो फ्ल्याटमा बस्दै आएका थिए । रातको समयमा दुई तलामाथि बन्द कोठामा अरु कोही जान नसक्ने भन्दै प्रहरीले श्रीमतीमाथि नै शंका गरेको हो । राजाराम बसचालक हुन् ।
तेजाब आक्रमण लगत्तै प्रहरीले राजारामलाई त्रिवि शिक्षण अस्पताल पुर्याएका थियो । राजारामको त्रिविमा उपचार भइरहेको छ । यसअघि विभिन्न स्थानमा तेजाब आक्रमण गरेका घटना मात्र बाहिर आउने गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण