विद्यालय हिँडेकी शिक्षिका मृत अवस्थामा फेला
-रामहरि श्रेष्ठ
ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिका ५ प्रप्चामा एक शिक्षिकाको शव फेला परेको छ । मंगलबार बिहान स्कुल जान भनी घरबाट हिँडकी स्थानीय शिक्षिका २७ वर्षीय हिरा कार्कीको शव बारीको कान्लामुनि मृत अवस्थामा फेला परेको हो । स्थानीय पेशल प्राविमा अध्यापन गराउँदै आएका कार्कीको बाटोबाट करिब १० मिटर तल बारीको कान्लामुनी शव फेला परेको वडाअध्यक्ष टंकनाथ दाहालले बताए । उनले कार्कीको शवलाई स्थानीयले घोप्टो परेको र मुखबाट रगत बगेको अवस्थामा फेला पारेको प्रतिकृया दिए । कार्कीको लडेर वा अन्य के कारणले मृत्यु भएको हो भन्ने खुलेको छैन ।
घरबाट करिब २ घन्टाको पैदलयात्रापछि पुगिने विद्यालयमा उनी दैनिक रुपमा सोही बाटो ओहोरदोहोर गर्दै आएकी थिइन् । जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरिक्षक मिलन बस्नेतका अनुसार घटना शंकास्पद रहेको छ । लडेर उनको मृत्यु भएको भनिएपनि सानो कान्लाबाट लडेर मृत्यु भएको हो या हैन भन्ने बिषयमा अनुसन्धान पछि खुल्ने उनले प्रतिकृया दिए । प्रहरीले मुचुल्का संकलन गरी पोष्टमार्टमका लागी शव जिल्ला ल्याउने तयारी गरिरहेको छ । मृतक कार्कीका दुई वर्षका छोरा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण