चलचित्र कलाकार संघको संरक्षकबाट नीर शाह ‘आउट’, हरिवंश ‘इन’
काठमाडौं । विशिष्ट कलाकार नीर विक्रम शाहले नेपाल चलचित्र कलाकार संघको संरक्षक पदबाट राजीनामा दिएका छन् । उनले कार्य व्यस्तताका कारण आफूले राजीनामा दिनु परेको बताएका छन् ।
यसैबीच संघले मंगलबार एक विज्ञप्ति जारी गर्दै शाहले दिएको राजीनामा स्वीकृति गरिएको जनाएको छ ।
‘उहाँले आफ्नो कार्यव्यस्तताका कारणले दिनु भएको राजीनामा संघको मिति २०७६ साल फागुन २१ गते बुधबारका दिन बसेको कार्यसमितिको बैठकले स्वीकृत गरेको छ’, मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘वैठकले नेपाल चलचित्र कलाकार संघको स्थापनाकाल देखि नै पु¥याउनु भएको क्रियाशीलता एवं योगदानको स्मरण गर्दै उहाँले आफ्नो कार्यकालमा दिनु भएको योगदानलाई हार्दिक धन्यवाद दिने पनि निर्णय गरेको छ ।’
सो वैठकले संघको विधानको परिच्छेद ५ दफा १८ उपदफा (क)ले दिएको अधिकार प्रयोग गरी विशिष्ट कलाकर्मी हरिवंश आचार्यलाई संरक्षकमा नियुक्त गर्ने निर्णय पनि गरेको छ ।
संरक्षकको पदावधि वर्तमान कार्यसमितिको कार्यकाल सम्म रहने संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण