शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चलचित्र कलाकार संघको संरक्षकबाट नीर शाह ‘आउट’, हरिवंश ‘इन’

मङ्गलबार, २७ फागुन २०७६, १७ : ३८
मङ्गलबार, २७ फागुन २०७६

काठमाडौं । विशिष्ट कलाकार नीर विक्रम शाहले नेपाल चलचित्र कलाकार संघको संरक्षक पदबाट राजीनामा दिएका छन् । उनले कार्य व्यस्तताका कारण आफूले राजीनामा दिनु परेको बताएका छन् । 

यसैबीच संघले मंगलबार एक विज्ञप्ति जारी गर्दै शाहले दिएको राजीनामा स्वीकृति गरिएको जनाएको छ । 

‘उहाँले आफ्नो कार्यव्यस्तताका कारणले दिनु भएको राजीनामा संघको मिति २०७६ साल फागुन २१ गते बुधबारका दिन बसेको कार्यसमितिको बैठकले स्वीकृत गरेको छ’, मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘वैठकले नेपाल चलचित्र कलाकार संघको स्थापनाकाल देखि नै पु¥याउनु भएको क्रियाशीलता एवं योगदानको स्मरण गर्दै उहाँले आफ्नो कार्यकालमा दिनु भएको योगदानलाई हार्दिक धन्यवाद दिने पनि निर्णय गरेको छ ।’

सो वैठकले संघको विधानको परिच्छेद ५ दफा १८ उपदफा (क)ले दिएको अधिकार प्रयोग गरी विशिष्ट कलाकर्मी हरिवंश आचार्यलाई संरक्षकमा नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

संरक्षकको पदावधि वर्तमान कार्यसमितिको कार्यकाल सम्म रहने संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप