शेयरबजार कोरोना सन्त्रासमा, ६ प्रतिशतले घट्यो नेप्से
कोरोना भाइरसको त्रास विश्व शेयरबजारमा देखिएसँगै नेपाली शेयरबजारमा पनि मंगलबार पहिरो गयो । लगानीकर्ता आत्तिँदा शेयर विक्रीमा दबाब पर्यो र मागको दाँजोमा आपूर्ति निकै बढेपछि बजार ओरालो लागेको थियो ।
कारोबार शुरु भएको पहिलो १ घण्टा नबित्दै नेप्से परिसूचक ४ प्रशितशतले घट्दा नकारातमक सर्किट लागी २० मिनेटका लागि कारोबार रोकिएको थियो । त्यसपछि लगानीकर्ताले विक्रीको आदेश बढाए । कारोबार खुलेपछि ५ प्रतिशतले परिसूचक घट्यो र ४० मिनेटका लागि कारोबार रोक्का गरिएको थियो । २ घण्टा १३ मिनेट (अर्थात् १ बजेर १३ मिनेट) मा बजार ६ प्रतिशतले घटेपछि बाँकी अवधिको कारोबार स्थगित भएको थियो । यस दिन नेप्से परिसूचक ८६ दशमलव ३९ अंक अर्थात् ६ दशमलव ३९ अंक अर्थात् ६ दशमलव शून्य २ प्रतिशत घटेर १ हजार ३४९ दशमलव ३१ विन्दुमा बन्द भएको थियो ।
नेपाल स्टक हाउसका ब्रोकर इश्वरी रिमालले संसारको शेयरबजारमा त्रास फैलिएको कोरोनाकै कारण नेपालको शेयरबजारमा पनि त्रास देखिएको बताए । रिमालका अनुसार दैनिक रु ३०–४० करोडको कारोबार भइरहेको बजारमा रु. ४÷५ अर्बको कारोबार हुनु भनेको क्षमताभन्दा बढीको कारोबार हो ।
यो खबर आजको अभियान राष्ट्रिय दैनिकमा प्रकाशित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण