ग्राहक सेवामामा केन्द्रित सिटिजन लाइफ इन्स्योरेन्सको एमडीआरटी कार्यक्रम

काठमाडौं- सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौंमा ‘एमडीआरटी (मिलियन डलर राउण्ड टेवल) कार्यक्रम सम्पन्न गरेको छ ।
सिटिजन लिडरहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने तथा ग्राहकहरु माझ सेवालाई स्तरीय बनाउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको कम्पनीले जनाएको छ । उक्त कार्यक्रममा ४०० भन्दा बडी सक्रिय सिटिजन लिडरहरुको उपस्थिति थियो ।
कार्यक्रममा कम्पनीका प्रमुख बजार व्यवस्थापन अधिकृत कबी फुयालले ‘एमडीआरटी’ के हो, यसको प्रक्रिया, आवश्यकता र लाभहरुको बारेमा प्रकाश पार्दै सिटिजन लिडरहरुलाई प्रेरित गराएका थिए ।
यसका साथै उनले ‘एमडीआरटी’को लागि योग्य हुन आवश्यक कुराहरुमा जोड दिए । सोहि कार्यक्रममा ‘एमडीआरटी’मा सहभागी हुन आवश्यक मापदण्ड पुगेका सफल सिटिजन लिडरहरुलाई तथा ‘एमडीआरटी’को लक्ष्य लिएका सिटिजन लिडरहरुलाई सम्मान पनि गरिएको थियो ।
समापनको अवसरमा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले यो पेशालाई सम्मानित बनाउने र पुरस्कृत गर्ने कार्यमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी सदैव अग्रसर रहने बताउँदै ‘एमडीआरटी’ जस्ता कार्यक्रमले व्यवसायिक क्षमता वृद्धिमा अझ सहयोग पुग्ने बताए ।
उनले आगामी दिनहरुमा बीमामा आवद्ध भई उच्च सम्मान र उर्जाका साथ काम गर्नका लागि सिटिजन लिडरहरुलाई प्रेरित गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गभर्नर नियुक्ति प्रकरण : पन्छिएका उम्मेदवार फेरि रेसमा
-
काठमाडौँको बौद्धमा २५६९ औँ बुद्ध जयन्तीलाई विशेष बनाइने
-
महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
-
विद्युत् सेवा बन्द हुँदा चार सय असी घरधुरी तीन महिनादेखि अन्धकारमा बस्न बाध्य
-
बंगलामुखिको बार आज कुन राशिलाई कस्तो फल ?
-
हलगोरु पाल्ने एक सय अठहत्तर किसानले पाए पोषणभत्ता