कोरोना भाइरसः युरोपबाट अमेरिका प्रवेशमा प्रतिबन्ध
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरस संक्रमण फैलनबाट रोक्नका लागि युरोपेली देशबाट अमेरिका यात्रामा प्रतिबन्ध लगाएका छन् ।
यो नियम शुक्रबारबाट ३० दिनसम्मका लागि लागू हुने ट्रम्पले घोषणा गरेका छन् ।
बिहिबार बिहानको सम्बोधनमा ट्रम्पले यस्तो घोषणा गरेका हुन् ।
यद्यपि, उक्त ‘कडा तथा अत्यावश्यक’ प्रतिबन्ध बेलायतका लागि भने लागू नहुने ट्रम्पले बताएका छन् । बेलायतमा ४ सय ६० जनाको संक्रमण देखिएको छ ।
अमेरिकामा कोरोना भाइरसको संक्रमण १ हजार १ सय ३५ मा पुष्टि भइसकेको छ । अहिलेसम्म ३८ जनाको मृत्यु भएको छ ।
‘नयाँ संक्रमण हाम्रोमा प्रवेश हुन रोक्नका लागि हामीले युरोपबाट हुने सबै यात्रालाई अबको ३० दिनसम्म रद्द गर्नेछौं,’ ट्रम्पले भने ।
उनले थपे, ‘हाम्रो दुश्मन एउटै छ, वास्तवमा यो संसारभरीको दुश्मन हो । कोरोना भाइरस । यसलाई चाँडोभन्दा चाँडो र सुरक्षित तरिकाले हराउनु पर्छ । मेरा लागि अमेरिकी जनताको सुरक्षा र जीवनभन्दा महत्वपूर्ण अरु केही छैन ।’
ट्रम्पले कंग्रेसलाई अमेरिकी अर्थतन्त्रमा कोरोना भाइरसको प्रभाव रोक्नका लागि कांग्रेसलाई कर छुटका उपायसहितका बिल पास गर्न आग्रह गरेका छन् ।
‘म अमेरिकी जनताको तलबमा कर छुट तत्काल लागू गर्न कांग्रेसलाई आग्रह गर्न चाहन्छु,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण