कोरोना भाइरसः युरोपबाट अमेरिका प्रवेशमा प्रतिबन्ध

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरस संक्रमण फैलनबाट रोक्नका लागि युरोपेली देशबाट अमेरिका यात्रामा प्रतिबन्ध लगाएका छन् ।
यो नियम शुक्रबारबाट ३० दिनसम्मका लागि लागू हुने ट्रम्पले घोषणा गरेका छन् ।
बिहिबार बिहानको सम्बोधनमा ट्रम्पले यस्तो घोषणा गरेका हुन् ।
यद्यपि, उक्त ‘कडा तथा अत्यावश्यक’ प्रतिबन्ध बेलायतका लागि भने लागू नहुने ट्रम्पले बताएका छन् । बेलायतमा ४ सय ६० जनाको संक्रमण देखिएको छ ।
अमेरिकामा कोरोना भाइरसको संक्रमण १ हजार १ सय ३५ मा पुष्टि भइसकेको छ । अहिलेसम्म ३८ जनाको मृत्यु भएको छ ।
‘नयाँ संक्रमण हाम्रोमा प्रवेश हुन रोक्नका लागि हामीले युरोपबाट हुने सबै यात्रालाई अबको ३० दिनसम्म रद्द गर्नेछौं,’ ट्रम्पले भने ।
उनले थपे, ‘हाम्रो दुश्मन एउटै छ, वास्तवमा यो संसारभरीको दुश्मन हो । कोरोना भाइरस । यसलाई चाँडोभन्दा चाँडो र सुरक्षित तरिकाले हराउनु पर्छ । मेरा लागि अमेरिकी जनताको सुरक्षा र जीवनभन्दा महत्वपूर्ण अरु केही छैन ।’
ट्रम्पले कंग्रेसलाई अमेरिकी अर्थतन्त्रमा कोरोना भाइरसको प्रभाव रोक्नका लागि कांग्रेसलाई कर छुटका उपायसहितका बिल पास गर्न आग्रह गरेका छन् ।
‘म अमेरिकी जनताको तलबमा कर छुट तत्काल लागू गर्न कांग्रेसलाई आग्रह गर्न चाहन्छु,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटकको रोजाइमा ‘गर्मी ठाउँका शीतल गन्तव्य’
-
‘अपरेसन सिन्दुर’ भारतको बढ्दो सैन्य सामर्थ्यको प्रदर्शन
-
मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
-
इजलासमा रवीन्द्र मिश्रका वकिलले सम्झिए बाबुराम, शेरबहादुर र ५२ सालको त्याे घटना
-
भूमि सम्बन्धी विधेयकमा उपेन्द्र यादवको आपत्ति
-
यस्ता छन् निजामती विधेयकमा गरिएका १० नयाँ व्यवस्था