अविनको ‘कार्टुन सङ्ग्रह भाग २’ प्रधानसम्पादकहरुले गरे लोकार्पण
बिहीबार, २९ फागुन २०७६, १९ : २७
काठमाडौँ । ख्यातिप्राप्त कार्टुनिस्ट अविन श्रेष्ठको ‘कार्टुन सङ्ग्रह भाग २’ लोकार्पण गरिएको छ ।
बिहीबार राजधानीमा आयोजित कार्यक्रममा रातोपाटीका प्रधानसम्पादक जिवेन्द्र सिम्खडा, कान्तिपुरका प्रधानसम्पाद सुधीर शर्मा, देशसंचारका प्रधानसम्पादक युवराज घिमिरे वरिष्ठ पत्रकार किशोर नेपाल, नारायण वाग्ले र अखिलेश उपाध्यायले उक्त सङ्ग्रहको लोकार्पण गरेका थिए ।

अविनको कार्टुन सिर्जना यात्राको २५ वर्षका अवसर पारेर बुकआर्ट नेपालले उक्त सङ्ग्रह प्रकाशन गरिएको हो । उनले यो २५ वर्षे यात्रामा आफूले काम गरेका सम्पादकको हातबाट कार्टुन सङ्ग्रहको विमोचन गराएका हुन् ।
सङ्ग्रहमा २०६२–६३ को जनआन्दोलनपछिका कार्टुनहरु सङ्ग्रहित छन् । पुस्तकले निश्चित कालखण्डको प्रतिनिधित्व गर्न सकोस् भनेर नै आफूले २०६२÷६३ को जनआन्दोलनपछिका कार्टुनहरु सङ्ग्रहित गरेको अविनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण