फरार बाबु–छोरा पक्राउ
चौध वर्षअघि हत्या गरेको आरोपमा फरार रहेका बाबु–छोरा आज पक्राउ परेका छन् । सप्तरीको तिरहुत गाउँपालिका–४ डिमनका दिलीपकुमार यादवलाई गोली हानी हत्या गरेको आरोपमा फरार रहेका सोही ठाउँका ५३ वर्षीय सुकदेव यादव र उनका छोरा ३७ वर्षीय विनोदकुमार यादवलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।
आरोपितले विसं २०६२ असोज १७ गते गोली हानी हत्या गरेको आरोपमा इलाका प्रहरी कार्यालय कञ्चनरुपमा उनीहरुविरुद्ध कर्तव्य ज्यानको उजुरी दर्ता गरेको थियो ।
घटनालगत्तै फरार रहेका सुकदेव यादवको परिवार सुनसरीको इनरुवा नगरपालिका–९ बबिया गई बसोबास गर्न थालेका थिए ।
प्रहरीका अनुसार उनीहरुलाई सुनसरीको इनरुवा–९ स्थित घरबाट पक्राउ गरिएको हो । पक्राउ परेका आरोपितलाई आज साँझ सुनसरीबाट सप्तरी ल्याइएको र इलाका प्रहरी कार्यालय कञ्चनरुपमा नियन्त्रणमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण