आहा रारा गोल्डकपको फाइनलमा पुग्यो मनाङ मर्स्याङ्दी
पोखरा । मनाङ मर्स्याङ्दी पोखरामा जारी आहा रारा गोल्डकपको फाइनलमा पुगेको छ । बिहिबार भएको दोस्रो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै मनाङ फाइनलमा पुगेको हो ।
आर्मीलाई ३–२ गोल अन्तरले पराजित गर्दै मनाङले आफ्नो फाइनल यात्रा तय गरेको हो । खेलको सुरुआतमै अग्रता मनाङले गोल गरेको थियो । खेलको तेस्रो मिनेटमै विदेशी खेलाडी फ्लोरेन्टले मनाङका लागि गोल गरे ।
२८ औँ मिनेटमा मनाङका विमल रानाले गोल गर्दै मनाङलाई २–० को अग्रता दिलाएका थिए । आर्मीका लागि कप्तान भरत खवासले पहिलो गोल गरे । नवयुग श्रेष्ठको पासमा खेलको ४० औँ मिनेटमा खवासले गोल गर्दै आर्मीलाई २–१ मा पु-याएका थिए । पहिलो हाफ २–१ को नतिजामा सकिएको थियो ।
खेलको दोस्रो हाफमा अन्जन विष्टले मनाङका लागि गोल गरे । खेलको ८० औँ मिनेटमा अन्जनले गोल गर्दै मनाङलाई ३–१ ले अगाडि बढाए ।
अन्जनको गोलको २ मिनेट पछि आर्मीका दिपकुमार लामाले आर्मीका लागि गोल हानेका थिए । बुधबारको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबले साविक विजेता थ्री स्टारलाई पराजित गर्दै फाइनलमा आफ्नो स्थान बनाइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण