युरोपा लिगमा युनाइटेडको गोलबर्षा
इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले युइएफए युरोपा लिग अन्तर्गत प्रिक्वार्टरफाइनलको पहिलो लेगमा अष्ट्रियन क्लब लास्कमाथि गोलबर्षा गरेको छ । बिहिबार राति भएको खेलमा युनाइटेडले लास्कलाई उसैको मैदानमा ५–० गोलले हरायो ।
युनाइटेडको जितमा ओडिन इघलो, ड्यानियल जेम्स, हुवान माटा, मासन ग्रीनवुड र एन्ड्रियस पेरेराले गोल गरे । २८औं मिनेटमा ओडिन इघलोले गोल गदै युनाइटेडलाई अग्रता दिलाए । ५८औं मिनेटमा ड्यानियल जेम्सले अग्रता दोब्बर बनाए । ८२औं मिनेटमा हुवान माटाले तेस्रो गोल गरे । इन्जुरी समयमा मासन ग्रीनवुड र एन्ड्रियस पेरेराले गोल गर्दै युनाइटेडलाई सानदार जित दिलाए । जितसँगै युनाइटेडले क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।
यसैगरी अर्को खेलमा युक्रेनी क्लब साख्तर डोनेस्कले जर्मन क्लब वल्फवर्गलाई २–१ गोलले हराएको छ । साख्तरको जितमा जुनियर मोराइसले १७औं र मार्काेस बाहियाले ७३औं मिनेटमा गोल गरे । घरेलु टोलीका वल्फका लागि जोन एन्थोनी ब्रुक्सले ४८औं मिनेटमा एक गोल फर्काएका थिए ।
अन्य खेलमा बसेलले फ्रान्कफर्टलाई ३–०, इस्तानबुलले एफसी कोपेनहेवनलाई १–० र लिभरकुसेनले रेन्जर्सलाई ३–१ गेलले हरायो । ओलम्पियाकोस र वल्भ्स १–१ गोलको बराबरीमा रोकिए । इन्टर मिलान र गेटाफे तथा सेभिया र एस रोमाबीचको खेल कोरोना भाइरसका कारण कारण स्थगित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण