रोनाल्डोलाई कोरोना संक्रमण नभएको पुष्टि
पोर्चुगल एवं युभेन्ट्सका सुपर स्टार क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरस नभएको पुष्टि भएको छ । कोरोना संक्रमणको आशंकामा रोनाल्डो अहिले घरमै ‘क्वारेन्टाइन’ बसेका छन् ।
परिवारलाई भेट्न पोर्चुगल पुगेका रोनाल्डो आमालाई भेटेर इटाली फर्कनुअघि कोरोनाको आशंकामा ‘क्वारेन्टाइन’ बस्नु परेको थियो । युभेन्ट्समा रोनाल्डोका सहकर्मी ड्यानियल रुगानीलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि रोनाल्डोलाई घरमै क्वारेन्टाइनमा राखिएको थियो । उनी आफ्नै साततले घरको टपमा बसेका थिए ।
ड्यानियलको सम्पर्कमा रहेका रोनाल्डोलाई पनि सुरुमा कोरोना भएको आशंका गरिएको थियो । तर पोर्चुगलको मडेरा क्षेत्रीय सरकारका अध्यक्ष मिगेल अल्बुकर्कले रोनाल्डोलाई परिक्षणको क्रममा कोरोना संक्रमण नदेखिएको बताएका छन् । रोनाल्डोको स्वास्थ्यको विषयमा चासो हुनु स्वभाविक हो । हामीले उनको स्वास्थ्य अवस्थालाई राम्रोसँग नियालिरहेका छौं । अहिले उनमा संक्रमणको कुनै लक्षण र सम्भावना छैन,’ अध्यक्ष मिगेलले भनेका छन् ।
यसअघि बुधबार रोनाल्डोलाई कोरोना भएको र उनी क्वारेन्टाइनमा बस्नु परेको समाचारलाई विश्वभरका सञ्चार माध्यामले प्राथमिकताका साथ प्रकाशित गरेका थिए । पोर्चुगलका चर्चित सञ्चार माध्यामले पनि यस विषयलाई मुख्य समाचार बनाएका थिए । रोनाल्डोका सहकर्मी युभेन्ट्सका ड्यानीयल संक्रमणका कारण अहिले उपचार गराई रहेका छन् । युभेन्ट्सका अन्य खेलाडी र अफिसियललाई पनि क्वारेन्टाइनमै राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजा ललितपुर पुग्दा मोटरसाइकल र्यालीसहित शक्ति प्रदर्शन गर्ने तयारी
-
उडिरहेको विमानको इन्जिनमा आगो लागेपछि...
-
कार्यदल बैठक निष्कर्षविहीन
-
नाममा विवाद भएपछि रणवीर कपूरको रामायणको नाम परिवर्तन
-
बैंगलुरुको अविस्मरणीय यात्रामा सन् २०१६ को झल्को
-
ब्रोइलर कुखुराको रोग मानिसमा लाग्न सक्ने तथ्यमा कुनै सत्यता छैन : भेटेरिनरी एसोसिएसन