काँग्रेसले चार वर्षपछि पायो पदाधिकारी र विभाग
नेपाली काँग्रेस जिल्ला कार्यसमिति बागलुङले निर्वाचन भएको चार वर्षपछि पूर्णता पाएको छ । काँग्रेस बागलुङका सभापति दीपेन्द्रबहादुर थापाले निर्वाचित भएको चार वर्षपछि पदाधिकारी र विभाग गठन गरेका हुन् ।
सभापतिले आफ्नो कार्यकाल सकेपछि थपिएको समयमा पदाधिकारी थप गरेका हुन् । सभापति थापाले निसीखोलाका पुराना नेता तुलासिंह घर्तीमगरलाई उपसभापति, रेशका चित्रबहादुर कार्कीलाई सचिव र जैदीका सीताराम रसाइलीलाई सहसचिवमा मनोनयन गरेका छन् ।
शुक्रबार सभापति थापाले ती नामावली सार्वजनिक गरेका थिए । फागुन २५ गते र २९ गते बसेको कार्यदलको बैठकपछि यो टुङ्गोमा पुगेको बताइएको छ । सभापतिले २८ विभाग पनि गठन गरेका छन्।
काँग्रेसको विधानअनुसार सभापतिले निर्वाचित भएको छ महिनाभित्र पदाधिकारी र विभाग गठन गर्नुपर्ने प्रावधान छ । सभापति थापाले अर्को पक्षको सहयोग नभएकाले गठनमा ढिलाइ भएको बताएका थिए ।
जिल्ला कार्यसमितिको गत साता बसेको बैठकले सभापति थापासहित पूर्वसभापति मणिभद्र शर्मा, प्रकश पौडेल, उपाध्याय, सचिव नवराज पौडेल, कोषाध्यक्ष उमेश गौतमसहितको कार्यदल गठन गरेको थियो । कार्यदलको दुई पटकको बैठकपछि यो नाम टुङ्गो लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण