कोरोनाले छाएको शून्यता र त्रसित बेलायतवासी (फाेटाेफिचर)
लन्डन । चीनको हुवान प्रान्तबाट शुरु भएको कोरोना (कोभिड १९) भाइरस अहिले विश्वका लागि चुनौती बनेको छ । बेलायतमा पनि यसको प्रभाव दिनप्रति दिन बढ्दै गैरहेको छ । कोरोनाका कारण यहाँको जनजीवन निकै अस्तव्यस्त छ ।

सवारी साधन र पैदल यात्रीहरुको घुइँचो रहने लन्डनको मुटु टावर ब्रीज, लन्डन आई, पार्लियामेन्ट भवन सेरोफेरोमा शून्यता संगै मौनता छाएको छ ।

सडकको एकापट्टीबाट अर्कोतर्फ देख्न नसकिने सवारी साधनको चाप रहने सडकमा अहिले पैदलयात्रीहरु निर्धक्क बाटो काटिरहेका देख्न सकिन्छ ।
पार्लियामेन्ट भवन अगाडीको जेब्राक्रसिङ अहिले कुनै ग्रामीण क्षेत्रको सामान्य ट्राफिक लाईट जस्तो शान्त बन्न पुगेको छ । राति अबेरसम्म भीड लाग्ने यहाँका गगनचुम्बी भवनहरुमा रहेका होटल, बार तथा मनोरन्जनका स्थानहरु मौनता छ ।

वाटरलू रेल्वे स्टेशनमा हुने हजारौंको भीड सामान्य सपिङ सेन्टरमा हुने भीड जस्तो छ । सार्वजनिक यातायातका साधनहरुको प्रयोग गर्नेहरुको संख्यामा ह्रास आउँदै गएको छ ।
खाद्यान्न लगायत दैनिक जीवनयापनका सामनहरुको लागि सुपरमार्केटहरुमा मानिसको घुइँचो बढ्ने मात्र हैन आवश्यक सामान पाउन समेत मुस्किल छ ।

प्रायजसो सुपरमार्केटहरुमा खाध्य सामग्रीहरुको अभाव देखिन थालेको छ भने कतिपय स्थानहरुमा सिमित संख्यामा सामान किन्न पाउने नियम लागू भैसकेको छ ।
बेलायतकी स्वास्थ्य मन्त्री नदिन डोरिज समेत कोरानाको भाइरसबाट आछुत्तो रहन सकिनन् । दशौँ हजारको संख्यामा बेलायातवासीहरु प्रभावित भएको हुनसक्ने बताइए पनि यो समाचार तयार पार्दासम्म ११ जनाको मृत्यु भइसकेको छ भने ८२० जना कोरोनाबाट संक्रमित भएको रास्ट्रिय स्वास्थ्य सेवा (एन्एचएस) ले जानकारी दिएको छ ।

कोरोनाको रोकथाम र नियन्त्रणका लागि बेलायत सरकारले निकै गम्भीरताका साथ् लिएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले तत्कालै कोब्रा मिटिंग बोलाएर कोरोनाको रोकथाम र यसको नियन्त्रणको लागि आवश्यक कदम चाल्न निर्देशन् दिएका छन् ।
गत बुधबार बेलायती अर्थमन्त्री ऋषि सुनाकले कोरोना भाइरस नियन्त्रणका लागि १२ अर्बको बजेट छुट्याइएको घोषणा गरेका छन् । कोरोनाका कारण अर्थतन्त्रमा पर्न गएको प्रभावका कारण आर्थिक मन्दीको सामना गर्नुपर्ने निश्चित भैसकेको छ ।

बैंक अफ इंग्ल्याण्डले कोरोनाकै कारण ब्याजदरलाई ०।५ बाट घटाएर ०।२५ बनाएको छ । कोरोना नियन्त्रणका लागि साबुनपानीले कम्तिमा २० सेकेन्डसम्म हात मिचेर धुन र सार्वजनिक यातायात चढेपछि अनिवार्य हात धुनु जनस्वास्थ्य अभियान शुरु गरिएको छ ।
कामदारको सुविधालाई मध्यनजर गर्दै प्रधानमन्त्री बोरिस जोन्सनले कुनै कामदार विरामी भएको खण्डमा पहिलो दिनदेखि नै तलब दिनुपर्ने बताएका छन् जबकि यस अघि बिरामी भएको चौथो दिनदेखिमात्र बिरामीले तलब पाउने प्रावधान थियो ।

कोरोनाकै कारण महत्वपूर्ण खेल सम्बन्धि कार्यक्रमहरु रद्द गरिएको छ । अर्को हप्ताबाट ठूला जमघट रोक्ने बारेमा पनि तयारी भैरहेको बीबीसीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण