अनलाइन ठगीमा संलग्न ३ भारतीयसहित ४ जना पक्राउ
सारांश
- मकवानपुर प्रहरीले अनलाइन ठगीमा संलग्न चार जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा तीन भारतीय नागरिक र एक नेपाली होटल सञ्चालक छन्।
- उनीहरूले प्रलोभन देखाएर अनलाइनमार्फत ठगी गर्ने गरेको पाइएको छ।
बागमती । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न ३ भारतीय नागरिकसहित ४ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा वडा प्रहरी कार्यालय हेटौँडाबाट खटिएको प्रहरी टोलीले भारतको पटना बस्ने २७ वर्षीय इन्द्रजित सरकार, २० वर्षीय सहर्षजित सरकार, २३ वर्षीय अमनराज सरकार र मकवानपुर हेटौँडा उपमहानगरपालिका वडा नं १० स्थित बाँस्तोला होटलका सञ्चालक ३७ वर्षीय दीपक बाँस्तोलालाई पक्राउ गरेको हो ।
निजहरूको मिलोमतोमा भारतीय नागरिकसमेतलाई विभिन्न प्रलोभन देखाई अनलाइनबाट ठगी गर्ने गरेको भन्ने सूचनाका आधारमा हेटौँडा–१० स्थित बाँस्तोला होटलबाट चारै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा निजहरूले प्रयोग गर्ने मोबाइलमा ठगी प्रयोजनका लागि टेलिग्राम, ह्वाट्सएपलगायत एसहरूमार्फत ग्रुप तयार गरी रकमको कारोबारसमेत भएको देखिएको उल्लेख गर्दै प्रहरीले जिल्ला अदालत हेटौँडाबाट अनलाइन ठगीसम्बन्धी कसुर मुद्दामा म्याद थपी अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
हिमाचल प्रदेशमा पहिरोले कार पुरिँदा ६ महिनाका बालकसहित १३ जनाको मृत्यु, २ घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण