रुवान्डा पुगेका भारतीयमा कोरोनाभाइरसको संक्रमण
एजेन्सी । कोरोनाभाइरसको संक्रमणको जोखिम कम गर्नका लागि रुवान्डाले विद्यालय र प्राथनागृह बन्द गर्ने निर्णय गरेको छ ।
रुवान्डाको स्वास्थ्य मन्त्रालयले शनिबारबाट प्राथनागृहहरु बन्द गरेको छ भने आइतबारबाट विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो । यो दुई हप्तासम्मका लागि लागु हुने बताइएको छ ।
त्यस्तै, कर्मचारीहरुलाई घरबाट र जहाँ सम्भव छ त्यहाँबाट नै काम गर्न आग्रह गरिएको छ । यसको साथै विवाह, खेलकुदजस्ता कार्यक्रमहरुलाई सार्न पनि भनिएको छ ।
व्यवसाय र रेस्टुरेन्टहरुलाई सञ्चालन गर्न अनुमति दिए पनि ग्राहकहरुलाई कम्तिमा एक मिटर टाढा राख्न भनिएको छ ।
गत मार्चा ८ मा मुम्बाईबाट रुवान्डा पुगेका एक भारतीय नागरिकमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । उनी रुवान्डा पुगेपछि कोभिड–१९ को लक्षणहरु देखिएको थियो । उनी मार्च १३ मा अस्पताल पुगेपछि परीक्षण गर्दा कोरोनाभाइरस संक्रमणको पुष्टि भएको थियो । उनको अवस्था स्थिर रहेको र उनलाई आइसोलेसनमा राखेर उपचार भइरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण