आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

भाइबरबाट नेपालमा कोरोनाभाइरसको जागरणका लागि एकपटकमा १० जनालाई सामूहिक कल गर्न मिल्ने

आइतबार, ०२ चैत २०७६, १८ : ४७
आइतबार, ०२ चैत २०७६

काठमाडौं– विश्वमा बढ्दो कोरोनाभाइरसको त्राससँगसँगै जोखिम देखा परेपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ । सरकारी संघसंस्थाहरु, स्वास्थ्य मन्त्रालयहरुले यो भाइरसको प्रकोप फैलिन नदिन विभिन्न कम्पनीहरुलाई उनीहरुका कर्मचारीहरुलाई घरमै बसेर काम गर्ने वातावरण प्रदान गर्न आग्रह गरिरहेका छन् र धेरैले यसलाई पालना पनि गरेका छन् ।

वास्तवमा घरबाट काम गर्नु त्यति व्यवहारिक विकल्प कहिले भएको थिएन । मानिसहरुले टाढैबाट आफूलाई सुरक्षित राखेर पहिले जस्तै अझ उत्पादनशील ढँगमा उनीहरुको कम्प्युटरहरु र स्मार्टफोनहरुसँग काम गर्न सक्दछन् । 

भाइबर जस्तो एपको साथमा घरबाट नै अझ अधिक दक्षतापूर्ण एवं समयनिष्ठ तवरमा तत्कालको लागि काम सम्पादन गर्न सक्नु हुन्छ । यहाँ लोकप्रिय मैसेजिङ एपका केही त्यस्ता सरल उपायहरु छन् जसको सहायताबाट कोभिड–१९ को प्रकोपबीच पनि आफ्नो जिम्मेवारी पूरा गर्न सकिने भएको छ ।

सामूहिक कलमार्फत मिटिङः कोरोनाभाइरस ठूलो समूहमा सजिलै फैलिन सक्ने भएकोले छलफल सत्रहरुलाई प्रतिबन्ध गरि भ्वाइस कलहरुमा परिणत गर्नु उत्तम छ । मिटिङहरुबाट हुन सक्ने जोखिमबाट पार पाउन सामूहिक कल एक उत्कृष्ट उपाय हो । 

भाइबरले कोरोनाभाइरसका बावजुद; सम्पर्कमा रहिरहन मद्दत पुगोस् भनेर भर्खरैमात्र सामूहिक कलहरुमा सहभागी बन्न सक्ने व्यक्तिहरुको संख्या दोब्बर बनाएको छ । अब, भाइबर सामूहिक कलले एकपटकमा १० जनासम्मलाई समेट्न सक्छ– जुन अत्यन्त महत्वपूर्ण मिटिङको लागि पनि पर्याप्त हुन्छ ।

राकुटेन भाइबरका प्रमुख संचालन अधिकारी ओफिर ऐयालले भने, ‘हामी अहिलेको चुनौतिपूर्ण अवस्थालाई मध्यनजरमा राख्दै एकै स्थानमा सशरीर उपस्थित नभइकन पनि एक अर्कासँग सम्पर्कमा रहनका लागि विविध उपायहरुको खोजी गर्न प्रतिबद्ध छौं । कोरोना भाइरसको विस्तारको सन्दर्भमा आमजनले सावधानी अपनाएर काम गरेसँगै, हामी यो सुनिश्चित गर्न चाहान्छौँ कि, मानिसहरुले आफन्तहरुसँग बिना टाढा रहि सुरक्षित प्रविद्घिमा सम्पर्कमा रहिरहुन् र आफ्नो कामलाई पनि निरन्तरता दिन सक्षम रहुन् ।’

ठूला फाइलहरु पठाउनेः भाइबरले फाइलहरु सजिलै आदान प्रदान गर्नसहायता गर्दछ, यसैले तपाईंले आफ्ना सहकर्मीहरु र व्यवसायिक साझेदारहरुलाई महत्वपूर्ण कागजातहरु र प्रस्तुतीकरणहरु छिटो प्रेषित गर्न सकिन्छ । २०० एमबीसम्मको फाइल एप भित्र सिधै आदानप्रदान गर्न सकिन्छ । ठूला फाइलहरुको लागि पनि तपाईंले आफ्नो भाइबर च्याटमा क्लाउड सर्भिसको लिंक सेयर गर्न सकिन्छ ।

डेस्कटपमा आरामले काम गर्न सकिनेः भाइबरको डेस्कटप भर्सनद्वारा घरैबाट आफ्ना सहकर्मी र क्लाइन्टहरुसँग च्याट गर्न, भेट गर्न र कल गर्र्न सकिन्छ । यसमा राम्रो स्क्रिन शेयरिङको विशेषता पनि छ । जसले तपाईं आफ्नो कम्प्युटरमा जारी रहेको कार्यलाई सजिलै सेयर गर्न मद्दत गर्दछ । यसका साथै सँगै भिडियो हेर्न तथा मन परेको वर्क एपको सजिलो पाठ प्रदान गर्न यो अत्यन्त उपयोगी छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप