कोरोना त्रासः वडा र विद्यालय तहमा स्वयंसेवक परिचालन गर्ने सरकारको तयारी
सोमबार, ०३ चैत २०७६, १३ : ५०
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि वडा र विद्यालय तहमा स्वयंसेवक परिचालन गरिने भएको छ । सङ्क्रमण भित्रिन नदिन र फैलिन नदिन व्यवस्था मिलाउने सन्दर्भमा स्वास्थ्य तथा जनसङ्ख्या र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलका मन्त्रिस्तरको संयुक्त बैठकले सो निर्णय गरेको हो ।
गत फागुन ३० गतेको उक्त बैठकले रोकथाम र नियन्त्रणका लागि जनचेतना र निगरानीमा सघाउन चिकित्सा शिक्षा आयोगका उपाध्यक्षको संयोजकत्वमा समितिसमेत गठन गरिएको शिक्षा मन्त्रालयले जनाएको छ । स्वयंसेवक परिचालनका लागि सबै स्थानीय तह र शैक्षिक संस्थामा पत्राचार शुरु गरिएको छ । ती तहमा स्वयंसेवक टोली गठन गरी परिचालन गर्न निर्देशन दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण