एमसीसी विवादबारे सभामुख सापकोटाले खोले मुख
काठमाडौं । संघीय संसद प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक दलहरुले टुंगो लगाएपछि मात्रै मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसीबारे संसदीय प्रक्रिया अघि बढ्ने स्पष्ट पारेका छन् ।
सोमबार सिंहदरबारमा भएको पत्रकार भेटघाट कार्यक्रममा सभामुख सापकोटाले राजनीतिक दलहरुबीच नै सहमति जुटिनसकेकाले एमसीसी संसदको विषय बन्न नसकेको बताएका हुन् ।
उनले राजनीतिक दलहरुबीच सहमति जुटेपछि मात्रै आफुले एमसीसीलाई संसदीय एजेण्डाको रुपमा ग्रहण गर्न सक्ने बताए । उनले वर्तमान समयमा महत्वका दृष्टिले कोरोना भाइरस संक्रमणको बारेमा धेरै बहस भएपनि एमसीसी पनि बहसमा नै रहेको बताए ।
उनले भने, ‘सत्तारुढ पार्टी र दलका नेता उपनेता, प्रमुख सचेतक, मुख्य सचेतक सबैको सहमतिले एजेण्डा अगाडि बढाउने कुरा हो । त्यो छलफल हुँदैछ । सबैतिर छलफल हुँदैछ । सत्तारुढ पार्टीमा झन छलफल हँुदैछ । बहसमै छ । कारोनाका कारणले यतातिर वहस केन्द्रीत भएपनि त्यो बहसमै छ । बेला आएपछि मैले त सहजिकरण गर्ने कुरा न हो ।’
उनले राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनासँग आफ्नो कुनै पनि किसिमको असमझदारी नरहेको र कार्यवहाक महासचिवमा गोपालनाथ योगीलाई तोक्ने निर्णय गर्दा पनि अध्यक्ष तिमिल्सिनासंग सल्लाह गरेको स्पष्ट पारे ।
उनले भने, ‘वरिष्ठताका आधारमा कार्यवहाक महासचिव दिईएको हो । हाम्रोबी असमझदारी धेरै भएको जस्तो मलाई लाग्दैन ।’ उपसभामुख चयन प्रक्रिया बारे पत्रकारको प्रश्नमा उनले नेकपाले टुंगो लगाएपछि उपसभामुख चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुने स्पष्ट पारे । यद्यपि उपसभामुखका बारेमा छिटो टुंगोमा पुग्ने सम्बन्धमा संसदीय दलका उपनेतासंग कुरा गरिरहेको पनि स्पष्ट पारे ।
उनले भने, ‘उपसभामुखका बारेमा दलबीच समझदारी भएपछि सभामुखले त निर्वाचन तालिका सार्वजनिक गर्ने मात्रै भूमिका हो ।’
उनले आफूले विधेयकहरु पारित गराउन सक्दो पहल गर्ने प्रतिवद्धता पनि जनाए । चालु अधिवेशनमा जम्मा २ वटा विधेयक दुवै सदनबाट पारित भएका छन् । उनले नागरिकता सम्बन्धी विधेयक समितिमा अड्किँदा नागरिकहरुले दुखपाएको महसुस आफुले पनि गरेको बताए ।
उनले तीन पटक मुद्दा जित्दा पनि नागरिकता नपाएका घटनाहरु भएको स्मरण पनि गरे । उनले निर्माणाधिन संसद भवन निर्माणको काम तीब्र गतिमा अघि बढेको भन्दै प्रसम्सा पनि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण