मन्त्रालयले तत्काल छानविन समिति गठन गर्छः मन्त्री गुरुङ
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले काठमाडौंको जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रको अनुगमन गरेका छन् । केन्द्रका पदाधिकारीले भ्रष्टाचार गरेको आरोप लागिरहेका बेला सोमबार मन्त्री गुरुङले सो केन्द्रको अनुगमन गरेका हुन् ।
अनुगमनका क्रममा उनले सो केन्द्रमा भ्रष्टाचार भए÷नभएको एकीन गर्न तत्काल छानविन समिति गठन गर्ने बताए । मन्त्री गुरुङले मन्त्रालयले दिएको अनुदानमा समेत अनियमितता भएको जानकारी पाइएको उल्लेख गर्दै त्यसको छानविनमा सहयोग गर्न पनि केन्द्रका पदाधिकारीलाई कडा निर्देशन दिए ।
‘खगेन्द्र नवजीवन केन्द्रमा आर्थिक अनियमितता भएको सुनिएको छ,’ मन्त्री गुरुङले भने, ‘त्यसका लागि छिट्टै छानविन हुने गरी तत्काल मन्त्रालयले छानविन समिति गठन गर्नेछ ।’ उनले त्यस अवसरमा केन्द्रको नियमित अडिट हुने गरे÷नगरेकोबारे पनि चासो व्यक्त गरेका थिए । सामाजिक संघ, संस्थाहरुले संस्थाको उद्देश्यअनुसार काम नगरेको पाइए मन्त्रालयले कार्वाहीको दायरामा ल्याउने मन्त्री गुरुङको भनाई छ ।
त्यसक्रममा मन्त्री गुरुङलाई खगेन्द्र नवजीवन गृहकी प्रमुख सूर्यकुमारी गुरुङले केन्द्रका पदाधिकारीहरुले भ्रष्टाचार गरेको दावी गर्दै छानविन गर्न मन्त्री गुरुङसँग माग गरेकी थिइन् । मन्त्री गुरुङले सोमबारनै नेपाल अर्थोपेडिक अस्पतालको पनि अनुगमन गरेका छन् । यसैबीच, मन्त्री गुरुङले काठमाडांैको लप्सेफेदीमा निर्माण गरिएको ‘जेष्ठ नागरिक ग्राम’ को पनि अनुगमन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण