माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको हेडवर्क्सको परीक्षण शुरु
बहुचर्चित ४५६ मेवाको राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको हेडवर्क्सको परीक्षण शुरु गरिएको छ । सोमवारबाट आयोजनाको हेडवर्क्सको परीक्षण शुरु गरिएको हो ।
सोमवार ९ः३० बजेबाट जलासयमा पानी जम्मा गर्न शुरु गरिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले जानकारी दिए । आयोजनाको हेडवर्क्सको परीक्षण अन्तर्गत बाँध, मुहान, गेट र डिसेन्डर बेसिन (बालुवा थिग्राउने पोखरी) मा पानी भरेर परीक्षण गरिने छ ।
हेडवर्क्सपरीक्षणका लागि तामाकोशी नदीमा एक तिहाई पानी छोडी बाँकी पानी ड्याममा जम्मा गर्न शुरु गरिएको प्रवक्ता न्यौपानेको भनाई छ । आयोजनाको बाँध २२ मिटर अग्लो तथा ६० मिटर लामो रहेको छ ।
हेडवर्क्सका संरचनाहरुको परीक्षण चैत २२ गतेसम्म जारी रहने छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा नवराज शिवाकोटीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण