माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको हेडवर्क्सको परीक्षण शुरु
बहुचर्चित ४५६ मेवाको राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको हेडवर्क्सको परीक्षण शुरु गरिएको छ । सोमवारबाट आयोजनाको हेडवर्क्सको परीक्षण शुरु गरिएको हो ।
सोमवार ९ः३० बजेबाट जलासयमा पानी जम्मा गर्न शुरु गरिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले जानकारी दिए । आयोजनाको हेडवर्क्सको परीक्षण अन्तर्गत बाँध, मुहान, गेट र डिसेन्डर बेसिन (बालुवा थिग्राउने पोखरी) मा पानी भरेर परीक्षण गरिने छ ।
हेडवर्क्सपरीक्षणका लागि तामाकोशी नदीमा एक तिहाई पानी छोडी बाँकी पानी ड्याममा जम्मा गर्न शुरु गरिएको प्रवक्ता न्यौपानेको भनाई छ । आयोजनाको बाँध २२ मिटर अग्लो तथा ६० मिटर लामो रहेको छ ।
हेडवर्क्सका संरचनाहरुको परीक्षण चैत २२ गतेसम्म जारी रहने छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा नवराज शिवाकोटीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा जारी, हायर पर्चेज कर्जाको जोखिम भार घट्यो
-
रणनीति बनाउन सिंहदरबार र बानेश्वरमा सत्ता र प्रतिपक्षको छलफल
-
तयारीका लागि कांग्रेसले माग्यो सभामुखसँग समय
-
तीन जिल्लाका सीडीओ फेरिए, बाँकेमा खगेन्द्र रिजाल
-
सहकारी प्रकरण : यी हुन् छानबिन समिति बनाउनबारे सत्ता र प्रतिपक्षले नमानेको सहमतिका 'ड्राफ्ट'
-
आईपीएलमा आज : लखनउसँग बदला लिने धुनमा मुम्बई