एनआईसी एशिया बैंकका ग्राहकलाई गोकर्ण फरेष्ट रिसोर्टमा १५% छुट
काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेडका ग्राहक महानुभावहरूलाई काठमाडौंस्थित गोकर्ण फरेष्ट रिसोर्टका विभिन्न सेवामा १५% सम्म छुट उपलब्ध गराउने गरी बैंक र रिसोर्टबीच समझदारी भएको छ ।
यो योजना एक वर्षको लागि लागू हुने सम्बन्धमा बैंक र रिसोर्टको बीचमा समझदारी भएको छ । समझदारीपत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा रिसोर्टको तर्फबाट रुम डिभिजनका निर्देशक रोजिन सापकोटाले हस्ताक्षर गरे ।
उक्त समझदारी बमोजिम यस बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले होटलको फूड एण्ड बेभरेज आउटलेटहरू तथा हार्मोनी स्पा सेवा प्रयोग गरे वापत रकम भुक्तानी गर्दा कारोबार रकमको १५% सम्म छुट पाउनेछन् ।
साथै यस बैंकका कर्मचारीहरूलाई पनि सो योजना अनुसारको छुट उपलब्ध हुनेछ । यसैगरी ग्राहक महानुभावहरूले बैंकसँग आबद्ध भएका देशभरका २,४०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतबाट सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पले पारित गरे साउदीले युरेनियम प्रशोधन गर्न सक्ने आणविक सम्झौता
-
बागमती एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा बुझाउँदै
-
‘ठुलो मेहनतपछि कार्गो रेल आयो, यसलाई निरन्तरता दिनुपर्छ’
-
कार्गो रेलको व्यावसायिक सुरुवात र निरन्तरताको चुनौती
-
इरान सङ्कट समाधानका लागि अमेरिका अझै वार्तामा तयार: रुबियो
-
टोकियोले पुरुषहरूलाई कार्यालयमा हाफपाइन्ट्स लगाउन प्रोत्साहित गर्यो, समकक्षी महिला दिक्क
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण