कौशलटारमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दियो, १ जनाको मृत्यु
भक्तपुर । मंगलबार भएको सडक दुर्घटनामा परेर भक्तपुरमा एक जनाको मृत्यु भएको छ । कोटश्वरबाट सूर्यविनायकतर्फ आउँदै गरेको प्रदेश नम्बर ३–०२–००९ प ०३५९ नम्बरको स्कुटरलाई ओभरटेक गर्ने क्रममा बा ५८ प १६७७ को मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दिपक गिरीले बताए ।
मध्यपुर थिमि नगरपालिका–३ कौशलटारमा भएको मोटरसाइकल दुर्घटना मृतकको परिचय र ठेगाना खुल्न सकेको छैन् । नाम थर वतन खुल्न नआएको मोटरसाइकल चालक अन्दाजी बर्ष ३० को पुरुष ब्यक्तिको मृत्यु भएका प्रहरीले जानकारी दिएको छ ।
स्कुटर चालक मध्यपुर थिमि–८ बोडेकी १८ वर्षीया इशा ढेकेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबाट सख्त घाइते मोटरसाइकल चालकको नागरिक अस्पताल गठ्ठाघरमा उपचारको क्रममा मृत्यु भएको डीएसपी गिरीले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले—नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण