विद्युत नियमन आयोगद्वारा सार्वजनिक सुनुवाइको आह्वान
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले प्रस्ताव गरेको विद्युत महसुल निर्धारण माथि विद्युत नियमन आयोगले सार्वजनिक सुनुवाइ आह्वान गरेको छ । आयोगले बुधबार पत्रकार सम्मेलन गरी यहि चैत १४, १६ र १७ गते काठमाडौंमा सार्वजनिक सुनुवाई गर्न लागेको बताएको हो ।
आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले सार्वजनिक सुनुवाईमा आयोगका अध्यक्ष, सदस्यहरु, तथा नेपाल विद्युत प्राधिकरणका प्रतिनिधिहरुको उपस्थिति रहनेभएकाले उपभोक्ता र सरोकारवालाहरुलाई उपस्थिति हुन आवहान गरे । उनले कोरोना भाइरस (कोभिड –१९) को प्रभावलाई ध्यान दिएर अनलाइनबाट समेत उपभोक्ता तथा सरोकारवालाहरुको प्रतिक्रिया लिने व्यवस्था गरिएको बताए । उनले नेपाल विद्युत प्राधिकरणको प्रस्तावको अध्ययन गरी आयोगको वेभसाइटमार्फत आफ्नो राय, सुझाव तथा प्रतिक्रिया उपलब्ध गराउन आग्रह समेत गरे ।
सार्वजनिक सुनुवाइबाट प्राप्त राय सुझाव र प्रतिक्रियाको आधारमा नेपाल विद्युत प्राधिकरणको लागत कम गर्नेगरी विद्युत महसुल निर्धारण गरिने समेत उनले बताए । विद्युत नियमन आयोग ऐन, २०७४ को कानूनी प्रावधान अनुसार आयोगले वितरण अनुमति प्राप्त संस्थाबाट सम्पूर्ण कागजात प्राप्त भएको ६० दिनभित्र विद्युत महसुल निर्धार गरिसक्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण