बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

बिरामीको दाँत ठेलेर दन्तशिवर उद्घाटन गरिएपछि...

बुधबार, ०५ चैत २०७६, १७ : ४३
बुधबार, ०५ चैत २०७६

ओखलढुंगा । अहिले सामाजिक सञ्जालमा माथिको तस्विर निकै नै भाइरल भैरहेको छ ।

 यो भाइरल तस्बिर ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिका वडा नम्बर ६ घोराखोरीमा  आयोजना गरिएको जेष्ठ नागरिक दन्त उपहार शिविर उद्घाटन कार्यक्रमको हो । गत चैत्र ३ गते सोमबार गाउँपालिकाले आयोजना गरेको जेष्ठ नागरिकलाई कृतिम दात लगाइदिने कार्यक्रमकमा अतिथिहरुले बिलन्दुका ५० वर्षीया बराल थरकी बृद्धालाई कृतिम दाँत लगाइदिएर कार्यक्रमको उद्घाटन गरे ।

प्राप्त जानकारीअनुसार एकजना डाक्टरले ती बृद्धको मुखमा दाँत लगाइदिएका थिए भने अन्य अतिथिहरुले हातमा ग्लोब्स लगाएरै छोएको देखिन्छ ।

यसरी गरिएको शिविर उद्घाटन कार्यक्रममा प्रमुख अतिथि प्रदेश नः १ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, प्रदेश १ कै अर्थ समिति सभापति एवं ओखलढुंगाका प्रदेशसभा सदस्य मोहन खड्का हिमशिखर, गाउँपालिका अध्यक्ष नवराज केसी र अन्य जनप्रतिनिधि तथा कर्मचारीहरू थिए । तर जेष्ठ नागरिकलाई कृतिम दाँत लगाइदिने कार्यक्रम निकै प्रभावकारी रहेको भएपनि कार्यक्रमको उद्घाटन गर्ने शैलीप्रति भने धैरैले व्यङ्ग्य गरेका छन् ।

यस विषयमा गाउँपालिका अध्यक्ष नवराज केसीले नियतवस गाउँपालिकालाई बद्नाम गर्ने हिसावले केही व्यक्तिले तस्विरलाई भाइरल बनाएको प्रतिकृया दिए । दाँत डाक्टरले लगाइदिएको र अन्य कार्यक्रमका अतिथिहरुले ती बृद्धाको दाँत हेर्ने क्रमको तस्विर रहेको उनले बताए । गाउँपालिकाले बुधबार एक सूचना जारी गर्दै तस्विरलाई अनावश्यक प्रचार गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप