बिरामीको दाँत ठेलेर दन्तशिवर उद्घाटन गरिएपछि...
ओखलढुंगा । अहिले सामाजिक सञ्जालमा माथिको तस्विर निकै नै भाइरल भैरहेको छ ।
यो भाइरल तस्बिर ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिका वडा नम्बर ६ घोराखोरीमा आयोजना गरिएको जेष्ठ नागरिक दन्त उपहार शिविर उद्घाटन कार्यक्रमको हो । गत चैत्र ३ गते सोमबार गाउँपालिकाले आयोजना गरेको जेष्ठ नागरिकलाई कृतिम दात लगाइदिने कार्यक्रमकमा अतिथिहरुले बिलन्दुका ५० वर्षीया बराल थरकी बृद्धालाई कृतिम दाँत लगाइदिएर कार्यक्रमको उद्घाटन गरे ।
प्राप्त जानकारीअनुसार एकजना डाक्टरले ती बृद्धको मुखमा दाँत लगाइदिएका थिए भने अन्य अतिथिहरुले हातमा ग्लोब्स लगाएरै छोएको देखिन्छ ।
यसरी गरिएको शिविर उद्घाटन कार्यक्रममा प्रमुख अतिथि प्रदेश नः १ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, प्रदेश १ कै अर्थ समिति सभापति एवं ओखलढुंगाका प्रदेशसभा सदस्य मोहन खड्का हिमशिखर, गाउँपालिका अध्यक्ष नवराज केसी र अन्य जनप्रतिनिधि तथा कर्मचारीहरू थिए । तर जेष्ठ नागरिकलाई कृतिम दाँत लगाइदिने कार्यक्रम निकै प्रभावकारी रहेको भएपनि कार्यक्रमको उद्घाटन गर्ने शैलीप्रति भने धैरैले व्यङ्ग्य गरेका छन् ।
यस विषयमा गाउँपालिका अध्यक्ष नवराज केसीले नियतवस गाउँपालिकालाई बद्नाम गर्ने हिसावले केही व्यक्तिले तस्विरलाई भाइरल बनाएको प्रतिकृया दिए । दाँत डाक्टरले लगाइदिएको र अन्य कार्यक्रमका अतिथिहरुले ती बृद्धाको दाँत हेर्ने क्रमको तस्विर रहेको उनले बताए । गाउँपालिकाले बुधबार एक सूचना जारी गर्दै तस्विरलाई अनावश्यक प्रचार गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण