राअविका कर्मचारीको उमेर हद ६० वर्ष कायम गरिँदै
बुधबार, ०५ चैत २०७६, १८ : ३७
रााष्ट्रिय अनुसन्धान विभाग (राअवि)का कर्मचारीहरुको उमेर हद ६० वर्ष कायम गर्ने विषयमा विधायन व्यवस्थापन समितिमा सहमति जुटेको छ ।
राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा बुधबार भएको छलफलमा विभागका कर्मचारीहरुको उमेरहद ६० वर्ष कायम गर्ने सहमति जुटेको हो । नेपाल विशेष सेवाको गठन र सञ्चालन सम्बन्धि संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा उक्त सहमति जुटेको हो ।
उक्त प्रावधान लागू हुन भने अझै १ वर्ष कुर्नुपर्नेछ । समिति सभापति परशुराम मेघी गुरुङले २०७८ साउनबाट मात्रै उक्त प्रावधान लागु हुने बताए । सभापति गुरुङले विशिष्ठ श्रेणी एउटै तहमा ४ वर्ष र प्रथम श्रेणीको एउटै तहमा ६ वर्ष सेवा अवधि तोक्ने विषयमा पनि सहमति भएको बताए ।
विधेयकका अन्य प्रावधानहरुमा छलफल गर्न बिहीबार पनि समितिको बैठक बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा फेरि भेटियो मासु खाने खतरनाक परजीवी ‘स्क्रु-वर्म’
-
घट्यो काठको मूल्य, समितिको सेवा–सुविधा ३० प्रतिशतले कटौती
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण