कोरोना भाइरसका कारण विश्वभर ८५ करोड विद्यार्थीको पढाई प्रभावित: यूनेस्को
एजेन्सी । विश्वको विद्यार्थीहरूमध्ये झण्डै आधा सङ्ख्या कोरोना भाइरसको विश्वव्यापी प्रभावपछि विद्यालय जानबाट बञ्चित बनेका छन् । विश्वभरका ८५ करोड विद्यार्थीलाई कोरोना भाइरस सङ्क्रमणको प्रकोपबाट टाढा राख्न सम्बन्धित मुलुकका सरकारले गरेको निर्णयका कारण विद्यालय तथा विश्वविद्यालय नगएका संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सामाजिक संगठन (यूनेस्को)ले बुधबार जनाएको छ ।
यूनेस्कोले यसलाई शिक्षा क्षेत्रमा खडा भएको ‘अप्रत्याशित चुनौती’ भनेको छ । यूनेस्कोका अनुसार विश्वका ११३ मुलुकमा पूर्ण तथा आंशिकरूपमा विद्यालयहरू बन्द गरिएका छन् । यसमध्ये १०२ मुलुकमा विद्यालय पूर्णतया बन्द गरिएका छन् भने ११ अन्य मुलुकमा आंशिकरूपमा बन्द भएका छन् । यूनेस्कोका अनुसार आगामी केही दिनमा थप देशहरूले पनि विद्यालयलाई बन्द गरी विद्यार्थीका कारण सङ्क्रमण फैलिने सम्भावनालाई रोक्ने पहल भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण