आजको मौसम : मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना
बिहीबार, ०६ चैत २०७६, ०७ : ३५
काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली नरहेको जानकारी दिएको छ ।
बिहीबार महाशाखाले जारी गरेको पूर्वानुमानका अनुसार हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहेको छ ।
यसैगरी, पूर्वानुमानका अनुसार दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली हुने र बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ ।
अपरान्हपछि मध्य र पश्चिमी पहाडी भु–भागका १–२ स्थानहरुमा मेघ गर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
साथै, राति भने देशभर सामान्यतया मौसम सफा रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण