सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सडक स्तरोन्नति गर्न भत्ता रकम

बिहीबार, ०६ चैत २०७६, १० : २४
बिहीबार, ०६ चैत २०७६

कोही भत्ता नहुने कार्यक्रममा सहभागी नै हुँदैनन् त  सहभागी नभइकन भत्ता थाप्नेको समेत समाजमा कमी छैन । सुन्दा अचम्म लाग्छ , पाइएको भत्तालाई विकास निर्माणमा लगाइन्छ भनेर ।  

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिक–१० का वडा अध्यक्ष लालबहादुर ऐरले भत्ताको  रकम सडक स्तरोन्नतिमा खर्च  गरी उदाहरणीय काम गरेका छन् ।
 
तीन दिने नगरपालिकाको पञ्चवर्षीय आवधिक योजना तर्जुमा गोष्ठीमा सहभागी भई पाइएको रु तीन हजार ८२५ रकम  उनले २०० मिटर सडक स्तरोन्नतिकोमा प्रदान गरेका छन्  ।  

उनले भने, “ स्तरोन्नति गर्न व्यवसायीले निःशुल्करुपमा उपकरण सहित इन्धनको व्यवस्था गरिदिए । सबैको सहयोगबाट विकास सम्भव हुन्छ । ” 

आरसिटी इञ्जिनीयरिङका सञ्चालक चूडामणि जोशीले वडाध्यक्षले भत्ताको रकम खर्चेर सडक स्तरोन्नतिको कार्य गर्ने इच्छा व्यक्त गर्नु भएपछि सहयोग गर्न नाइनास्ती गर्न नसकिएको बताए । 

समाजमा असल कार्य गर्नेको साथ दिनुपर्छ भन्ने भावना जागृत भयो उनले भने, “समाजमा असल सन्देश दिनका लागि सहयोग ग¥यौँ ।”

सडक स्तरोन्नतिमा सम्लग्न रोलर, जेसिबी, ट्र्याक्टर चालक र निःशुल्क श्रमदान गर्ने स्थानीय बासिन्दालाई कार्य सम्पन्न भएपछि आफ्नै खर्चमा वडाध्यक्षले खानासमेत खुवाउनुभएको छ । 

वडाध्यक्ष ऐरका अनुसार महाकाली इँटाभट्टा, आरसिटी इञ्जिनीयरिङलगायतले ढुवानीका साधन, मेशिन र औजार उपलव्ध गराई सहयोग गरेका छन् । सडक स्तरोन्नति पुरा भएपछि स्थानीय बासिन्दाले सो कार्यको सराहना गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप