सडक स्तरोन्नति गर्न भत्ता रकम
कोही भत्ता नहुने कार्यक्रममा सहभागी नै हुँदैनन् त सहभागी नभइकन भत्ता थाप्नेको समेत समाजमा कमी छैन । सुन्दा अचम्म लाग्छ , पाइएको भत्तालाई विकास निर्माणमा लगाइन्छ भनेर ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिक–१० का वडा अध्यक्ष लालबहादुर ऐरले भत्ताको रकम सडक स्तरोन्नतिमा खर्च गरी उदाहरणीय काम गरेका छन् ।
तीन दिने नगरपालिकाको पञ्चवर्षीय आवधिक योजना तर्जुमा गोष्ठीमा सहभागी भई पाइएको रु तीन हजार ८२५ रकम उनले २०० मिटर सडक स्तरोन्नतिकोमा प्रदान गरेका छन् ।
उनले भने, “ स्तरोन्नति गर्न व्यवसायीले निःशुल्करुपमा उपकरण सहित इन्धनको व्यवस्था गरिदिए । सबैको सहयोगबाट विकास सम्भव हुन्छ । ”
आरसिटी इञ्जिनीयरिङका सञ्चालक चूडामणि जोशीले वडाध्यक्षले भत्ताको रकम खर्चेर सडक स्तरोन्नतिको कार्य गर्ने इच्छा व्यक्त गर्नु भएपछि सहयोग गर्न नाइनास्ती गर्न नसकिएको बताए ।
समाजमा असल कार्य गर्नेको साथ दिनुपर्छ भन्ने भावना जागृत भयो उनले भने, “समाजमा असल सन्देश दिनका लागि सहयोग ग¥यौँ ।”
सडक स्तरोन्नतिमा सम्लग्न रोलर, जेसिबी, ट्र्याक्टर चालक र निःशुल्क श्रमदान गर्ने स्थानीय बासिन्दालाई कार्य सम्पन्न भएपछि आफ्नै खर्चमा वडाध्यक्षले खानासमेत खुवाउनुभएको छ ।
वडाध्यक्ष ऐरका अनुसार महाकाली इँटाभट्टा, आरसिटी इञ्जिनीयरिङलगायतले ढुवानीका साधन, मेशिन र औजार उपलव्ध गराई सहयोग गरेका छन् । सडक स्तरोन्नति पुरा भएपछि स्थानीय बासिन्दाले सो कार्यको सराहना गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस सरकारको नीति : १ करोडभन्दा कमका योजना नराखिने, टुक्रे योजना निरुत्साहित गरिने
-
सरकारको नयाँ योजना : भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई १० वर्षे बीमा सुरक्षा कार्यक्रम
-
पोखरामा कार दुर्घटनामा व्यवसायी रेशम थापाको मृत्यु
-
सुकुमबासी परिवारसँग गृहमन्त्रीले मागे माफी
-
व्यापारी श्रेष्ठको हत्या आरोपीलाई १० वर्षको कैद सजाय
-
ट्रम्पको नयाँ धम्कीः बिहीबार राति इरानमाथि ठुलो आक्रमण हुनेछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण