१४ औँ महाधिवेशनबाट सभापति बन्छु : डा.कोइराला
बिराटनगर । नेपाली काँग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा आफुले सभापतिमा उम्मेद्वारी दिने बताएका छन् । बिराटनगरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।
सभापतिमा उम्मेद्वारी दिनका लागि आफूले सबै तयारी गरिसकेकाले अब पछि नहट्ने कोइरालाले बताए । काँग्रेस केन्द्रिय सदस्यसमेत रहेका कोइरालाले १४ महाधिवेशनबाट आफु सभापति बन्ने दावीसमेत गरेका छन् । ‘महाधिवेशनको तयारीका लागि देशभरका नेता कार्यकर्तासँग साक्षात्कार गरिरहेको छु,’ नेता कोइरालाले भने, ‘मलाई धेरैको साथ छ, अबको सभापति मै हुँ ।’
धेरै नेता कार्यकर्ताहरुले आफूलाई सभापतिमा उम्मेद्वारी दिन आग्रह गर्ने गरेको उनले बताए । सबैको सुझाव र आग्रहमा अघि बढिरहेको बताउँदै उनले पार्टीलाई सहि दिशामा अघि बढाउन पनि आफुले सभापतिमा उम्मेद्वारी दिन आवश्यक रहेको जिकिरसमेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शिरफूल’ ७ असारमा प्रदर्शनमा आउने
-
लघुवित्तका कर्मचारीलाई तर्साउने धम्काउने नगर्न वित्तीय संगठनहरुको चेतावनी
-
एप्पलले घटायो आइफोनको मूल्य
-
छत्तीसगढमा पिकअप गाडी पल्टिँदा १८ जनाको मृत्यु
-
नेतान्याहु र हमासका शीर्ष नेताको नाममा पक्राउ पुर्जी जारी गर्न माग
-
तस्बिरमा हेर्नुहोस् पाटन क्षेत्रमा पूर्वराजाको धार्मिक यात्रा