‘प्रेमगीत ३’ रिलिज स्थगित
काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाको क्रासका कारण सरकारले बैशाख १८ गतेसम्म सम्पुर्ण फिल्म हल बन्द गर्न दिएको निर्देशनको कारण फिल्म ‘प्रेम गीत २’को रिलिज पनि प्रभावित भएको छ ।
नयाँ वर्ष २०७७ को छेको पारेर २८ चैतमा आउने तयारीमा रहेको यो फिल्मको रिलिज पनि स्थगित गरिएको छ । निर्माता सन्तोस सेनले फिल्मको रिलिज स्थगित भएको जानकारी दिए ।
‘पोष्ट प्रोडक्सन कसरी सकाउने भन्ने हतारो थियो’ निर्माता सेनले भने ‘अव फुर्सदले काम गर्न पाइने भयो ।’ फिल्मको केही सुटिङ पनि बाँकी रहेको बताएका सेनले यो फुर्सदमा सुटिङ पनि सकाउने सुनाए ।
दुई गीत र टिजर सार्वजनिक गरेर आक्रमक प्रचार प्रसारको तयारीमा रहेको फिल्ममा शिव श्रेष्ठ, प्रदीप खड्का, मनिष राउत, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्री, जीवन भट्टराईलगायतका कलाकारको अभिनय रहेको छ ।
‘प्रेमगीत ३’ ऐतिहासिक प्रेमकथामा बनेको फिल्म हो । फिल्मबाट क्रिस्टिना गुरुङले अभिनेत्रीको रुपमा डेब्यू गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण