ज्याकलिनको योग भिडियोले सोसल मिडियामा तहल्का
मुम्बई । कोरोना भाइरसको बढ्दो प्रभावका कारण दिल्ली, मुम्बई लगायत केही स्थानको जिम स्टेशन समेत बन्द गर्ने आदेश जारी भएको छ ।
जिम बन्द गर्ने आदेशले सर्वसाधारण मात्र होइन बलिउड सेलिब्रेटीमा पनि दुविधा देखिएको छ ।
यो अवस्थामा नियमित एक्सरसाइज गर्ने बानी भएकाहरुका लागि अभिनेत्री ज्याकलिन फर्नान्डिसले योग आसनको केही भिडियो सार्वजनिक गरेकी छन् । जसबाट सर्वसाधारणले योगको टिप्स पाउन सक्दछन् ।
भिडियोमा ज्याकलिन योगका विभिन्न आसन समेत देखाएकी छन् । उनको योगको ब्याकग्राउण्डमा म्युजिक पनि बजेको छ ।
योग गर्दा ज्याकलिनले पिंक कलरको शर्ट ड्रेस लगाएकी छन् । जसमा उनी निकै बोल्ड देखिन्छिन् ।
भिडियोका साथ ज्याकलिनले क्याप्सनमा लेखेकी छन् ‘आफ्नो शरिरलाई स्वस्थ्य राख्नुहोस् । याद गर्नुस् योग गर्दा म्युजिक र डीप ब्रीथ तपाइलाई आवश्यक पर्दछ ।’
ज्याकलिनको भिडियो सर्वसाधारले निकै मन पराएका छन् । त्यसैले पनि भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
-
जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
-
स्कुलमा सँगै पढेका साथीले नै अपहरण गरेर मागे २२ लाख फिरौती
-
कहिले खाली हुन्छ पोखरा बसपार्क ? फेरि थपियो समितिको म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण