कोरोना संक्रमितको मृत्युमा इटालीले उछिन्यो चीनलाई
शुक्रबार, ०७ चैत २०७६, ०९ : ४३
रोम । कोरोनाभाइरस संक्रमितको मृत्युको सन्दर्भमा इटालीले चीनलाई उछिनेको छ ।
समाचार एजेन्सीहरुका अनुसार इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४ सय ५ पुगेको छ । चीनमा कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको तुलनामा यो संख्या १५६ ले बढी हो ।
इटालीको नागरिक सुरक्षा एजेन्सीका अनुसार इटालीमा कोरोना संक्रमितको संख्या ४१ हजार ३५ पुगेको छ । तीमध्ये ५ हजार ३ सय २२ नयाँ संक्रमित रहेको बताइएको छ ।
चीनमा भने पछिल्लो समय नयाँ संक्रमितको संख्या शुन्य भएको छ । लगातार दोस्रो दिन चीनमा नयाँ संक्रमित नदेखिएको हो । चीनमा कोरोनाको फैलावट पूर्ण रुपमा नियन्त्रणमा आए पनि विदेशबाट आएकाहरुमा भने संक्रमण पाइएको चिनियाँ अधिकारीहरुले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
-
जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
-
स्कुलमा सँगै पढेका साथीले नै अपहरण गरेर मागे २२ लाख फिरौती
-
कहिले खाली हुन्छ पोखरा बसपार्क ? फेरि थपियो समितिको म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण