तेह्रथुममा नोबेल अस्पतालको स्वास्थ्य शिविर, १३ सय बिरामीले पाए सेवा
तेह्रथुम– बिराटनगरको नोबेल शिक्षण अस्पतालले तेह्रथुमको मेन्छ्यायेममा संचालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार ३ सय ९२ बिरामी लाभान्वित भएका छन् ।
मेन्छ्यायेम गाउँपालिका, तेह्रथुम सरोकार समाज मोरङ, किरात याक्थुङ खापुङहाङ खङजुम्भो, मोरङ चेम्बर अफ कमर्स, प्रस्तावित मेन्छ्यायेम अस्पताल र गौखुरी युवा क्लवसँग सहकार्य गरेर शिविर संचालन गरिएको हो ।
शिविरमा ३ सय १ जनाको भिडियो एक्सरे, २ सय ६५ जनाको ल्यावटेष्ट र १ सय १ जनाको ईसीजी गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । त्यस्तै आँखामा समस्या भएका २७ जना र शरिरमा गाँठागुठी पलाएका २१ जनाको सामान्य शल्यक्रियासमेत गरिएको छ ।
नोबेलले यसअघि नेपालको सवैभन्दा होचो स्थान झापाको केचनामा निःशुल्क शिविर सञ्चालन गरेको थियो । ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई लक्षित गरी नोबेलले पूर्वी नेपालका बिभिन्न स्थानमा नियमित निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण