तेह्रथुममा नोबेल अस्पतालको स्वास्थ्य शिविर, १३ सय बिरामीले पाए सेवा
तेह्रथुम– बिराटनगरको नोबेल शिक्षण अस्पतालले तेह्रथुमको मेन्छ्यायेममा संचालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट १ हजार ३ सय ९२ बिरामी लाभान्वित भएका छन् ।
मेन्छ्यायेम गाउँपालिका, तेह्रथुम सरोकार समाज मोरङ, किरात याक्थुङ खापुङहाङ खङजुम्भो, मोरङ चेम्बर अफ कमर्स, प्रस्तावित मेन्छ्यायेम अस्पताल र गौखुरी युवा क्लवसँग सहकार्य गरेर शिविर संचालन गरिएको हो ।
शिविरमा ३ सय १ जनाको भिडियो एक्सरे, २ सय ६५ जनाको ल्यावटेष्ट र १ सय १ जनाको ईसीजी गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । त्यस्तै आँखामा समस्या भएका २७ जना र शरिरमा गाँठागुठी पलाएका २१ जनाको सामान्य शल्यक्रियासमेत गरिएको छ ।
नोबेलले यसअघि नेपालको सवैभन्दा होचो स्थान झापाको केचनामा निःशुल्क शिविर सञ्चालन गरेको थियो । ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई लक्षित गरी नोबेलले पूर्वी नेपालका बिभिन्न स्थानमा नियमित निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेशमा युवा सम्मेलन सुरु
-
राखेपले उपलब्ध गरायो दशरथ रंगशालाको विवरण
-
मुठभेडतर्फ संसद् : अरूलाई सदनमा बोल्नै नदिने कांग्रेसको नीति कति लोकतान्त्रिक ?
-
कांग्रेसलाई छानबिन समिति होइन सत्ता चाहिएको हो : महेश बर्तौला
-
रविविरुद्ध आक्रामक कांग्रेस : सदन–सडकमै घेर्ने चेतावनी
-
मधेस सरकारबाट बाहिरिने सवालमा माओवादीको ‘यू–टर्न’