सिभिल बैंकको शाखा अब अत्तरखेलमा
काठमाडौं– समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा काठमाडौं जिल्लाको अत्तरखेलमा आफ्नो शाखा संचालनमा ल्याएको छ ।
अत्तरखेल शाखाको उद्घाटन गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे तथा सिभिल बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुङ्गानाले संयुक्त रुपमा गरेका छन् ।
नेपाल सरकारद्वारा कोरोना रोगबाट बच्नका लागि जारी गरिएको सुचनालाई पालन गर्दै पूर्व निर्धारित उद्घाटन समारोहलाई स्थगित गरी अनौपचारीक रुपमै अत्तरखेल शाखाको उद्घाटन गरिएको थियो ।
सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ओख्रेनी माध्यमिक विद्यालय, सुन्दरीजल, काठमाडौंलाई विद्यालयको ई–लाईव्रेरीको लागि १ थान कम्प्युटर तथा श्री रामजानकी आधारभुत विद्यालय, नयॉपाटी, काठमाडौंका विद्यार्थीहरुका लागि ५० थान स्कूल ब्याग हस्तान्तरण गरीयो ।
सो कम्प्युटर तथा स्कूल ब्याग सिभिल बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुङ्गानाद्वारा सम्बन्धित विद्यालयका पदाधिकारीलाई प्रदान गरियो ।
गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले अत्तरखेलमा शाखा स्थापनासँगै व्यापार व्यवसाय विस्तार तथा रोजगारी श्रृजनाका लागि अनुकुल वातावरणलाई प्रोत्साहन गरेकोमा बैंकलाई धन्यवाद दिँदै उक्त क्षेत्रका बासिन्दाहरुलाई आफुलाई आवश्यक पर्ने पुँजीको लागि बैंकबाट कर्जा लिई आफ्नो व्यवसाय विस्तार गर्न तथा आफुसँग भएको सानो सानो पुँजीलाई पनि बैंकमा राखी निर्धक्क भई ब्याज आर्जन गर्न आग्रह गरे ।
उक्त समारोहका सभापति तथा सिभिल बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुङ्गानाले बैंक भनेको आर्थिक समृद्धिको सहयात्री भएको र बैंकको सहभागिता बिना आर्थिक समृद्धि सम्भब नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण