भारतबाट धमाधम घर फर्किँदै नेपाली
कैलाली । कोरोना भाइरस (कोभिड–१९) को त्रासका कारण रोजगारीका लागि भारत गएका सुदूरपश्चिम प्रदेशका नागरिकहरु धमाधम घर फर्कन थालेका छन् ।
सुदूरपश्चिमका धेरै नागरिकहरु कामको सिलसिलामा भारत जाने गरेका छन् भने अहिले भाइरसका डरले धमाधम घर फर्किन थालेका हुन् । कतिपयले त भाइरसकै प्रभावले रोजगारी गुमाउनु परेको समेत गुनासो गरेका छन् ।
भारतसँगको सीमानाका धनगढीको त्रिनगर, भीमदत्त नगरको गड्डाचौकी, टीकापुरको सत्ति, बैतडीको झुलाघाट लगायतका नाकाबाट भारत पसेका सुदूरपश्चिमेलीहरु कोरोनाका डरले घर फर्कन थालेका हुन् ।

विश्वभरी महामारीको रुप लिँदै गरेको कोरोना भाइरस भारतमा पनि देखा परेको छ । सोही त्रासका कारण भारत गएका नेपाली नेपाल फर्किन थालेका हुन् ।
गड्डाचौकी नाका भएर मात्रै दैनिक चार हजार भन्दा बढी संख्यामा भारतबाट मानिसहरू नेपालतर्फ आइरहेको कञ्चनपुर प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए । बिहीवार र शुक्रबार दिउँसोसम्म मात्रै सो नाका हुँदै छ हजार सुदूरपश्चिमेली भारतबाट फर्किको प्रहरीले जनाएको छ । उनीहरुको सीमानाकामा स्थापना गरिएको हेल्थ डेस्कमा स्वास्थ्य परीक्षण गरेर फर्किन दिइएको छ ।

त्रिनगर नाकाको हेल्थ डेस्कमा खटिएका दिनेश ठकुल्लाले दैनिक दुई हजार मानिस नाकाबाट प्रवेश गरिरहेको र ती मध्ये अधिकांश भारत रोजगारीमा गएका नेपालीहरु नै रहेको बताए । उनले अहिलेसम्म स्वास्थ्य चेकजाँचका क्रममा कसैमा पनि कोरोनाको संक्रमण नदेखिएको बताए ।

रोजगारीका क्रममा भारतका विभिन्न ठाउँमा रहेका नेपालीमध्ये धेरैजसोले कोरोनाको सन्त्रासबाट घर फर्किएको बताउने गरेका छन् । यसरी घर फर्किनेमा कैलाली, अछाम, बैतडी, डडेल्धुरा, डोटी लगायत जिल्लाका बासिन्दा रहेका छन् ।
यसैबीच नेपालबाट दैनिक उपभोग्य सामग्री खरिद गर्नका लागि सीमावर्ती भारतीय बजार वनगाउँ, वनबासा र टिकुनिया जानेहरुको संख्या पनि घटेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
-
दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण