सुनसान बन्दै उपत्यकाः भीडभाड गरे ठाउँको ठाउँ कारबाही
आइतबार, ०९ चैत २०७६, ०७ : १७

कोरोनाको संक्रमण हुनसक्ने आशंकाका कारण सरकारले आजदेखि लागू हुने गरी अत्यावश्यक सेवाबाहेक सबै क्षेत्रमा रोक लगाएको घोषणा गरेपछि काठमाडौं उपत्यकाको आवागमनमा निकै कमी आएको छ ।
चैत २१ गतेसम्म एघार दिन लामो बिदा घोषणा गरेपछि राजधानी बस्दै आएका करिब तीन लाख नागरिक घर फर्किसकेका छन् ।
सरकारले आजदेखि लामो दूरीका सार्वजनिक यातायात बन्द हुने घोषणा गरिसकेको छ ।
उपत्यकाको सडकमा खचाखच हुने सवारी साधन गुड्न छाडेका छन् । मन्दिरमा भीड हुन छाडेको छ । सबै सार्वजनिकस्थलमा सुनसान छन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भीडभाड नियन्त्रण र कालोबजारी अन्त्य गर्न विशेष टोली परिचालन गरिएको बताएका छन् । दाहालका अनुसार प्रहरीको विशेष टोलीले आजबाट अनुगमनलाई तीव्रत दिनेछ । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘भारत–पाकिस्तान युद्धमा गोरखा सेना पहिलो चरणमा प्रयोग नगर्ने वातावरण निर्माण गरियोस्’
-
सांसद गिरीद्वारा एनआरएन नागरिकता कार्यान्वयन गर्न माग
-
करणको दोस्ताना–२ बाट निकालिए कार्तिक
-
जगदुल्लाह हाइड्रोपावर ठेक्काबारे छानबिन गर्नुपर्छ : माओवादी
-
ब्राजिलमा पहिलो पटक व्यक्तिलाई लैंगिक रुपमा तटस्थ घोषित
-
भारत–पाकिस्तान तनाव : अमृतसर विमानस्थल बन्द, विद्यालयहरू पनि बन्द