कोभिड–१९ : प्रहरी आफैले मास्क उत्पादन गरी वितरण
नेपाल प्रहरीले कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमलाई ध्यान दिँदै माक्स उत्पादन गरी वितरण गरेको छ ।
जिल्ला प्रहरी कार्यालबाट तयार गरिएको माक्स शनिबार हिरासतमा रहेका सम्पूर्ण थुनुवालाई वितरण गरिएको हो । सो भाइरसको जोखिमबाट बच्नका लागि आफ्नै कार्यालयभित्र मास्क तयार गरेर वितरण गरेको प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।
गत शुक्रबार जिल्ला प्रहरी कार्यालय मातहत इलाका प्रहरी कार्यालय र चौकीमा कार्यरत सम्पूर्ण प्रहरीलाई माक्स वितरण गरिएको थियो ।
प्रदेश नं २ प्रहरी कार्यालय जनकपुरधामबाट निर्देशित नमूनाबमोजिमको ढाँचामा माक्स तयार गरी वितरण गरिएको उनले बताए ।
“जनताको सेवामा समर्पित प्रहरीको सुरक्षासँगै जनतामा सचेतना फैलाउन मास्क तयार गरी दिएका हौँ”, प्रहरी उपरीक्षक प्रसाईंले भने, “यसैगरी प्रत्येक प्रहरी कार्यालयको मूलढोका अगाडि हात धुने व्यवस्था पनि गरेका छौँ ।”
कार्यालयमा सेवा लिन जाने सेवाग्राहीलाई अनिवार्य मास्क लगाउन र साबुनपानीले हात धोएर मात्र प्रवेश गराउन प्रहरी कार्यालयको ढोका अगाडि साबुन र पानी राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण