कोलम्बियामा कोरोनाबाट पहिलो मृत्यु : इटालियन पर्यटक सवार ट्याक्सी चालकमा थियो संक्रमण
आइतबार, ०९ चैत २०७६, १३ : ०६
कोलम्बिया । कोलम्बियामा कोरोनाभाइरसका कारण पहिलो मृत्यु भएको छ ।
अधिकारीहरुका अनुसार ५८ वर्षीय ट्याक्सी चालकको मृत्यु भएको हो । उनले इटालियन पर्यटकलाई आफ्नो ट्याक्सीमा राखेका थिए ।
इटालियन पर्यटकबाट नै ती चालकमा कोरोना संक्रमण भएको आशंका गरिएको छ । केही अघि कोलम्बियाको उत्तरी सहर कार्टगेनामा आएका इटालियन पर्यटक उनको ट्याक्सीमा सवार थिए ।
प्रारम्भमा उनको कोरोनासम्बन्धी स्वास्थ्य परीक्षण गर्दा ‘नेगेटिभ’ परीणाम देखिएको बताइन्छ । यद्यपि कोलम्बियाको स्वास्थ्य मन्त्रालयले उनको मृत्यु कोरोना संक्रमणकै कारण भएको जनाएको छ ।
मृतककी बहिनीमा पनि कोरोना संक्रमण देखिएको बताइएको छ । उनलाई भने उपचारका लागि अस्पतालमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्याण्ड्सको सानदार जित, स्विडेन ५–१ गोलको फराकिलो अन्तरले स्तब्ध
-
अमेरिका–इरान वार्ताको मध्यस्थता गर्न पाकिस्तानी प्रधानमन्त्री र सेना प्रमुख स्वीजरल्याण्ड जाँदै
-
नेदरल्याण्ड्सको फराकिलो अग्रता कायमै, स्विडेनले खेलमा फर्किने प्रयास गर्दै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
ब्रायन ब्रोबीको दुई गोलले ह्युस्टनमा नेदरल्याण्ड्स हाबी, दबाबमा स्विडेन
-
मुस्ताङ भन्सारबाट एघार महिनामा सात अर्ब ६६ करोड राजश्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण