भारतीय सीमाबाट भित्रने नेपालीहरु अनिवार्य ‘सेल्फ क्वारेन्टाइन’मा बस्नुपर्ने
काठमाडौं । गृहमन्त्रालयले भारतीय सीमा हुँदै नेपाल आउने सबै नेपालीलाई ‘सेल्फ क्वारेन्टाइन’ मा बस्ने गरी व्यवस्था मिलाउन र बसे नबसेको अनुगमन गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई आन्तरिक परिपत्र जारी गरेको छ ।
त्यसरी नेपाल आउने मानिसहरुलाई निगरानी गर्न नेपाली प्रहरी र सशस्त्र प्रहरीलाई पनि आइतबारै निर्देशन दिएको गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता केदारनाथ शर्माले रातोपाटीलाई जानकारी दिए । ‘आइतबार प्रमुख जिल्ला अधिकारी,नेपाल प्रहरीर सशस्त्र प्रहरीलाई परिपत्र भैसकेको छ । कोरोनाको सम्भावित जोखिम न्यूनिकरणगर्न यस्तो निर्देशन दिइएको हो’, प्रवक्ता शर्माको भनाई छ ।
गृहमन्त्रालयको यो परिपत्रसँगै अबदेखि सीमाबाट भित्रिएका नेपालीहरुको विवरण राख्ने जिम्मा जिल्ला प्रशासन कार्यलय र प्रहरीको हुनेछ । सीमाबाट भित्रिएका नेपाली ‘सेल्फ क्वारेन्टाइन’मा बसेनबसेको नियमित अनुगमन समेत स्थानीय प्रशासनले गर्नेछ । भारततर्फबाट नेपाल आउने नेपालीहरु सेल्फ क्वारेन्टाइनमा नबसेको भन्ने गुनासो आएपछि यस्तो निर्णय गर्नुपरेको गृहमन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण