सिटिजन्स बैंकको पाँचौ विशेष साधारणसभा स्थगित
आइतबार, ०९ चैत २०७६, १६ : १२
काठमाडौं– सिटिजन्स बैंक इन्टरनेशनलले पाँचौ विशेष साधारणसभा स्थगित गरेको छ ।
बैंकले यही चैत १० गतेका दिन अमृतभोग, कालिकास्थान, डिल्लीबजार काठमाडौंमा गरिने भनीएको पाचौं विशेष साधारण सभा विश्वभरी फैलिएको कोरोनाभाइरसको जोखिम र नेपाल सरकारबाट जारी निर्देशन र सूचना अनुसार सार्वजनिक भेला बैठक समारोह गर्न बन्देज लगाईएकोले सो निर्देशन र सूचनाको परिपालना गर्दै साधारणसभा स्थगित गरेको जनाएको छ ।
बैंकको संचालक समितिको चैत ८ गते सम्पन्न ३३० औं बैठकको निर्णयअनुसार अर्को सूचना नभएसम्मको लागि उक्त विशेष साधारणसभा हाललाई स्थगित गरिएको बैंकले जनाएको हो । यसवाट शेयरधनीहरुलाई पर्न गएको असुविधा प्रति बैंकले क्षमा मागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण