बलात्कारका दोषी हलिउड फिल्म निर्माता वाइनस्टीनलाई कोरोना भाइरसको संक्रमण, जेलभित्रै ‘आइसोलेशन’
सोमबार, १० चैत २०७६, १० : ४५
बलात्कार र यौन अपराधको मामलामा सजाय काटिरहेका हलिउडका विवादास्पद फिल्म निर्माता हार्वी वाइनस्टीनमा कोरोना संक्रमण पुष्टि भएको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार वाइनस्टीनलाई एल्डेन (न्यूयोर्क) को वेन्डे करेक्शनल फ्यासिलिटीमा आइसोलेशनमा राखिएको छ ।
एक जेल अधिकारीका अनुसार वेन्डे करेक्सनल फ्यासिलिटीमा अन्य दुई कैदीमा कोरोनाको संक्रमण देखिएको छ । बलात्कार र यौन अपराधको मामलामा उनलाई २३ वर्षको कारावास सुनाइएको छ ।
वाइनस्टीनलाई एक महिना अघि मात्रै दोषी ठहर गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण