बुद्ध एयरले बन्द गर्यो ६ वटा जहाज, विस्तारै अरू उडानहरू पनि कम गर्ने
कोभिड– बुद्ध एयरले आफ्ना कर्मचारी र यात्रुको हितलाई मध्यनजर गर्दै आफ्ना १३ जहाज मध्ये ६ वटालाई बन्द गरी जगेडामा राख्ने भएको छ । बुद्धले विस्तारै अरू उडानहरू पनि कम गर्ने बताएको छ ।
उडान सेवालाई नियमित सञ्चालन गर्न आवश्यक कर्मचारीलाई आलोपालो प्रणाली अपनाउने तथा बाँकीलाई तलबी बिदा दिई घरमै बस्न निर्देशन दिइसकेको कम्पनीले जनाएको छ ।
कोरोनाभाइरस (कोभिड–१९) को महामारी संसारैभरि फैलिएसँगै नेपाल सरकारले सतर्कता अपनाउन गरेको अग्रहलाई आत्मसाथ गर्दै यात्रुहरुको सुविधालाई ध्यानमा राखी विस्तारै बुद्धका अन्य उडान पनि कम गर्ने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
विशेषज्ञहरुले यदी काठमाडौंमा इटली वा अमेरिकाजस्तो कहर आयो भने लाखौं जनसंख्या प्रभावित हुने र हजारौंको ज्यान जोखिममा पर्न सक्ने अनुमान गरिरहेका छन् । यसबाट बच्ने एक मात्र उपाय घरमै बस्नु हो ।
घरभित्रै बस्ने, स्वस्थ्य खानपान, योगलगायतमा ध्यान दिन विज्ञहरुले आग्रह गर्दै आएका छन् । छिमेकी राष्ट्र भारतले ‘जनता कर्फयू’ उपाय अवलम्वन गरिसकेको अवस्थामा नेपालले पनि विशेष सतर्क हुन आवश्यक ठानी उडान कम गर्ने निर्णयमा पुगेको कम्पनीले बताएको छ ।
बुद्ध एयरले पनि आफ्ना कर्मचारी र यात्रुको हितलाई मध्यनजर गर्दै आफ्ना १३ जहाज मध्ये ६ वटालाई बन्द गरी जगेडामा राख्न लागेको हो । विस्तारै अरू उडानहरू पनि कम गर्ने बुद्धले जनाएको छ ।
उडान सेवालाई नियमित सञ्चालन गर्न आवश्यक कर्मचारीलाई आलोपालो प्रणाली अपनाउने तथा बाँकीलाई तलबी बिदा दिई घरमै बस्न निर्देशन दिइसकेको छ ।
आजको प्रमुख आवश्यकता सम्पूर्ण क्रियाकलापलाई तुरुन्त बन्द (लकडाउन) गरी घरमै सुरक्षित बस्नु भएकाले सवैलाई सुरक्षित घरभित्रै रहन आग्रह गर्दै बुद्धले स्थिती सामान्य भएपछि आफ्ना सवै उडान सुचारु गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण