रिचार्जरबाट सामान किन्दा फेस मास्क र स्यानीटाइजर निशुल्क, अर्डर गरेको १२ घण्टा भित्र सामान डेलिभरी
काठमाडौं– मोबाइल एप रिचार्जरले एपबाट सामान खरिद गर्ने सेवाग्राहीलाई फेस मास्क तथा स्यानीटाइजर निशुल्क उपलब्ध गराउने भएको छ । रिचार्जरबाट सामान अर्डर गरेको १२ घण्टा भित्र काठमाडौं उपत्यकामा सामान डेलिभरी हुने रिचार्जरले जनाएको छ ।
‘कोरोनाभाइरस (कोभिड १९)को सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले सर्वसाधारणलाई घरबाट बाहिर ननिस्किन अनुरोध गरिरहेको छ । यो अवस्थामा सर्वसाधारणको आवश्यक्ता पुरा गराउनका लागि यस्तो अभियान चलाएको ग्लोबल कि टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले बताए ।
बजारमा मास्क र स्यानिटाइजरको अभाव भैरहेका बेला रिचार्जरबाट विद्युतिय उपकरण खरिद गर्दा निशुल्क मास्क र स्यानिटाइजर बितरण गर्दा सेवाग्राहीलाई सहज हुने विश्वास रिचार्जरले लिएको छ ।
मोबाइल फोन, टेलिभिजन, ल्यापटपलगायतका उपकरण खरिद हरेक ग्राहले मास्क र स्यानिटाइजर निशुल्क पाउने छन् । यसका साथै घरबाट बाहिर निस्किन नमिल्ने अवस्थालाई ध्यानमा राख्दै मोबाइल एपबाट नै रकमभुक्तानी तथा किस्ताबन्दीको आवश्यक प्रकृया पुरा गर्ने व्यवस्था मिलाइएको रिचार्जरले जनाएको छ ।
किस्ताबन्दीमा सामान किन्न चाहनेहरुले शुन्य प्रतिशत व्याजदरमा सामान खरिद गर्न सक्ने छन् । विभिन्न वाणिज्य बैंकको इन्टरनेट बैंङ्गिग, विद्युतीय भुक्तानी सेवाप्रदायकका प्रयोगकर्ताले मोबाइल एपबाट सामानखरिद गरे पछि सिधै रकम भुक्तानी गर्न सक्छन् ।
गूगल प्ले तथा एप स्टोरबाट रिचार्जरको एप डाउनलोड गरि एकाउन्ट खोल्दा १०० क्यास प्वाइन्ट पाउन सकिने पनि रिचार्जरले जनाएको छ । यसका साथै रिचार्जरबाट मोबाइल रिचार्ज गर्दा शतप्रतिशत क्यास प्वाइन्ट पाउन सकिन्छ । अन्य सेवाहरुको महसुल भुक्तानीमा पनि पाइने क्यास प्वाइन्टलाई छुटका रुपमा प्रयोग गर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण