कारागार पुग्यो रेडक्रस, कोरोनाभाइरसको संक्रमण भएमा छुट्टै बस्न टेन्ट जडान
काठमाडौं– बन्दी र कारागार कर्मचारीमा कोरोनाबाट हुने जोखिममा नेपाल रेडक्रस र रेडक्रसको अन्तर्राष्ट्रिय समितिले चासो दिएको छ । रेडक्रसले हिजो सोमबार केन्द्रीय कारागार र नख्खु कारागारको भ्रमण गरी सामग्रीहरु सहयोग गरेको जनाएको छ ।
कारागार व्वस्थापनको अनुरोधमा नेपाल रेडक्रसबाट केन्द्रीय कारागारमा १० थान टेन्ट उपलव्ध गराई जडान गरिएको छ । केन्द्रीय कारागारमा विरामीहरु भएमा छुट्टै राख्नका लागि बेडहरुको व्यवस्था नभएकोले सो सहयोग गरिएको नेपाल रेडक्रसका अधिकृत शालिग्राम तिवारीले बताए । साथै, फ्लेक्स सूचना बोर्ड र कोरोनाबारे जानकारी पत्रहरु बन्दी तथा कर्मचारीहरुलाई हिजै वितरण गरिएको छ ।
ती दुई कारागारमा व्यवस्थापनले बन्दी र कर्मचारीहरुलाई मास्क लगाउने, नियमित ज्वरो नाप्ने र हात धुनका लागि सावुन तथा पानीको व्यवस्था जस्ता बन्दोवस्ती गरेको छ ।
त्यसैगरी, कैलाली जिल्ला शाखाले पनि जिल्ला कारागर कैलालीको हातामा २ वटा त्रिपाल सेल्टर निर्माणमा सहयोग गरेको छ ।
पर्सा, कास्की, बाँके र दोलखा शाखाका रेडक्रस प्रतिनिधिले पनि सम्बन्धित जिल्लाका कारागार भ्रमण पछि बन्दीहरुलाई लक्षित गरी प्रचारप्रसारका सामग्री वितरण गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमन चयन कायम हुन्छ : राष्ट्रपति पौडेल
-
राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन
-
सूचना टाँसेर प्रतिनिधि सभा बैठक २ बजेसम्मका लागि स्थगित
-
बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण
-
नार्कमा ४६ प्रतिशत जनशक्ति अभाव, गुणस्तरीय अनुसन्धान प्रभावित
-
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ