टिचिङ अस्पतालमा अब टेलिहेल्थ सेन्टर
काठमाडौं । त्रिवि शिक्षण अस्पतालले कोरोना टेलिहेल्थ सेन्टर सञ्चालनमा ल्याएको छ । नियमित उपचार गराउन आउने दिर्घरोगी, तथा अन्य बिरामीलाई मध्यनजर गर्दै लकडाउनको समयमा अस्पतालले टेलिहेल्थ सेन्टर सञ्चालनमा ल्याएको हो ।
अस्पताल आउनुभन्दा पहिला कोरोना टेलिहेल्थ सेन्टरमा सम्पर्क गर्न अस्पतालका युरोलोजिस डाक्टर प्रेमराज ज्ञवालीले बताए । उपचार गराउन आउने बिरामीमा ज्वरो आउने,श्वासप्रश्वासमा समस्या भएमा तथा सुख्खा खोकी लाग्नेहरुले आ—आफनो उपचार विभागका डाक्टरसँग सल्लाह लिन सक्ने समेत उनले बताए । कोभिड–१९ को आशंका भएमा एप्सबाट परामर्श दिने ज्ञवालीले बताए । साथै फोन र स्काइपमार्फत विभिन्न विभागका डाक्टरहरुसँग परार्मश लिन सक्ने उनले बताए ।
अस्पतालले कोरोनाबारे सल्लाह दिनका लागि २० नम्बर सार्वजनिक गरेको छ । कोरोना महामारीलाई मध्यनजर गर्दै उक्त सेवा सुरु गरेको ज्ञवालीले बताए । हटलाइन सेवा भने आइतबार बिहान १० बजेदेखि ३ दिउँसो तीन बजेसम्म सुचारु हुने उनले बताए । आइतबारदेखि शुक्रबारसम्म यो सेवा सञ्चालनमा आउने उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण