टिचिङ अस्पतालमा अब टेलिहेल्थ सेन्टर

काठमाडौं । त्रिवि शिक्षण अस्पतालले कोरोना टेलिहेल्थ सेन्टर सञ्चालनमा ल्याएको छ । नियमित उपचार गराउन आउने दिर्घरोगी, तथा अन्य बिरामीलाई मध्यनजर गर्दै लकडाउनको समयमा अस्पतालले टेलिहेल्थ सेन्टर सञ्चालनमा ल्याएको हो ।
अस्पताल आउनुभन्दा पहिला कोरोना टेलिहेल्थ सेन्टरमा सम्पर्क गर्न अस्पतालका युरोलोजिस डाक्टर प्रेमराज ज्ञवालीले बताए । उपचार गराउन आउने बिरामीमा ज्वरो आउने,श्वासप्रश्वासमा समस्या भएमा तथा सुख्खा खोकी लाग्नेहरुले आ—आफनो उपचार विभागका डाक्टरसँग सल्लाह लिन सक्ने समेत उनले बताए । कोभिड–१९ को आशंका भएमा एप्सबाट परामर्श दिने ज्ञवालीले बताए । साथै फोन र स्काइपमार्फत विभिन्न विभागका डाक्टरहरुसँग परार्मश लिन सक्ने उनले बताए ।
अस्पतालले कोरोनाबारे सल्लाह दिनका लागि २० नम्बर सार्वजनिक गरेको छ । कोरोना महामारीलाई मध्यनजर गर्दै उक्त सेवा सुरु गरेको ज्ञवालीले बताए । हटलाइन सेवा भने आइतबार बिहान १० बजेदेखि ३ दिउँसो तीन बजेसम्म सुचारु हुने उनले बताए । आइतबारदेखि शुक्रबारसम्म यो सेवा सञ्चालनमा आउने उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेक्सिकोमा अमेरिकी सेना तैनाथ गर्ने ट्रम्पको प्रस्ताव शेनबाउमले गरिन् ठाडै अस्वीकार
-
आज ४ संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
प्रहरी विधेयकमा थप नयाँ प्रस्ताव, सीडीओलाई किन यति अधिकार ?
-
नागढुङ्गा नौबिसे सडक विस्तार : यही वैशाख २२ देखि ३१ गतेसम्म पाँच घण्टा बन्द गरिने
-
प्रहरीलाई ‘बुख्याचा’जस्तो बनाउन खोजिएको छ
-
यूथ भिजन-२०३५ निर्माणका लागि छलफल प्रारम्भ