घरभित्रै बस्दा परिवारसँग रमाइलो गरे आउँदैन मानसिक समस्या
काठमाडौं – अहिले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध मुुलुक लडाइँमै उत्रिएको छ । त्यस सत्रमा जनजीवन घरमै बसेर बितिरहेको छ । यस्ता अवस्थामा कतिपयले मानसिक समस्या सामना गरिहेका छन् ।
परिवारसँग रमाइलो वातावरणमा बस्ने बानीले मानसिक समस्याबाट छुटकारा पाउने विज्ञहरूको सुझाव छ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मानसिक रोग विभागका प्रमुख डा. रवि शाक्य कोरोनाका कारण मानसिक समस्या पनि बढेको बताउँछन् ।
तनाव र चिन्ता भएपछि मानसिक समस्या आउनु स्वाभाविक भएको भन्दै उनी भन्छन्, “पहिलेदेखि चिन्तामा रहेकालाई यस्तो बेला समस्या पर्न सक्छ ।” कतिपयले मानसिक अवस्थामा आएको समस्या समाधान गर्न मदिरा सेवन पनि गर्ने गरेको उनको भनाइ छ ।
यस्तो बानी ठीक नभएको उनको सुझाव छ । आफूले हालै गरेको उपचार सम्झँदै डा. शाक्यले भने, “२१ वर्षे एक युवकले आफूलाई पनि कोरोना लाग्छ भनेर घरभरि सामान फाल्ने गरेपछि परिवारले अस्पताल ल्याएको र परामर्शपछि घर लगे ।” कोरोना लाग्नेबित्तिकै मानिस मर्छ भन्ने भ्रमले पनि मानसिक समस्या आउने गरेको उनको अनुभव छ । यो समाचार आजको गोरखापत्र दैनिकमा यलु जोशीले लेखेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण