कोरोना भाइरसको ‘इपिसेन्टर’ चीनबाट इटली स-यो, अब अमेरिकामा सर्ने चेतावनी
नोभेल कोरोना भाइरस चीनको ऊहानबाट सुरु भएको हो तर यसको ‘इपिसेन्टर’ क्रमशः अन्तर्राष्ट्रिय स्तरमा सर्दैछ ।
अहिले यसको इपिसेन्टर युरोप हो, तोकेरै भन्नुपर्दा इटली । यहाँ कोरोना भाइरसका संक्रमतिको संख्या ७० हजार पुगेको छ भने मृतकको संख्या ७ हजार पुगिसकेको जोन होप्किन्स युनिभर्सिटीले जानकारी दिएको छ ।
यद्यपि, इटलीमा लकडाउन भएको दुई हप्ता बित्नै लाग्दा इटलीमा संक्रमित र मृतकको संख्या घट्ने अनुमान गरिएको छ । विज्ञका अनुसार कोभिड–१९ को इन्कुबेशन समय १ देखि १४ दिन हो त्यसकारण सरकारले मानिसहरुलाई घरभित्रै बस्न दिएको निर्देशनको फाइदा देखिन पूरा दुई हप्ताको समय लाग्छ ।
इटलीमा मार्च १३ तारिखमा लकडाउन गरिएको थियो अर्थात्, शुक्रबार दुई हप्ता पूरा हुनेछ । अमेरिकाले हालै केही स्थानमा यात्राको प्रतिबन्ध त लगाएको छ तर राष्ट्रियस्तरमा पूर्ण रुपमा प्रतिबन्ध लगाएको छैन ।
सीएनएनका अनुसार अमेरिकामा मंगलबार रातीसम्म नोभेल कोरोना भाइरसका ५२ हजार ९ सय ७६ संक्रमित भेटिएका छन् भने सात सय बढीको मृत्यु भएको छ । सिएनएनले सरकार र स्थानीय स्वास्थ्य विभागले दिएको जानकारीको आधारमा यो जानकारी दिएको हो । सिएनएनको विश्लेषण अनुसार मार्च ४ देखि यहाँ संक्रमितको संख्यामा २३ प्रतिशतका वृद्धि भएको छ । मार्च १८ देखि १९ सम्म अमेरिकामा मृत्युदर ५१ प्रतिशतले वृद्धि भयो जहाँ एकैदिन मृतकको संख्या ८,७६० बाट १३,२२९ पुगेको छ ।
यद्यपि, जनस्वास्थ्य विभागलगायत अमेरिकी स्वास्थयकर्मीले सबैभन्दा खराब स्थिती अझै देख्न बाँकी भएको चेतावनी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण